बराबरीमा रोकियो ब्राजिल र मोरक्को

  • नमस्ते कर्णाली

  • काठमाडौं,३१ जेठ  ।

    फिफा विश्वकप २०२६ मा पाँच पटकको विश्वकप विजेता ब्राजिल मोरक्कोसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

    न्युयोर्कको न्यु जर्सी रंगशालामा नेपाली समय अनुसार आइतबार बिहान भएको खेलमा २१ औं मिनेटमा इस्माइल सबरीको गोलबाट मोरक्कोले सुरुवाती अग्रता लिएको थियो ।

    तर ब्राजिलका लागि ३२ औं मिनेटमा भिनिसियस जुनियरले बराबरी गोल फर्काए ।

    विश्वका शीर्ष टोलीहरू मध्ये एक मानिने यी दुई देशबीचको यो खेल सुरुदेखि अन्तिम रोमाञ्चक थियो । खेलको सुरुवातमा दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरेको थियो ।

    दोस्रो हाफमा दुवै टोलीले अग्रता लिन बारम्बार प्रयास गरे । ब्राजिलले बलमाथि थप नियन्त्रण प्राप्त गर्ने प्रयास गर्‍यो । मोरक्कोले व्यवस्थित रक्षात्मक खेल र द्रुत प्रतिआक्रमणमार्फत दबाब कायम राखेको थियो ।

    निर्धारित ९० मिनेटको खेलपछि रेफ्रीले १० मिनेट अतिरिक्त समय थपे । त्यसक्रममा ब्राजिलले निर्णायक गोलको खोजीमा थप खेलाडीहरूलाई अगाडि पठायो, तर मोरक्कोले संयम प्रदर्शन गर्दै हरेक आक्रमणलाई विफल बनायो ।

    अतिरिक्त समयमा पनि कुनै पनि टोलीले विजयी गोल गर्न सकेन । योसँगै दुवै टोलीले एक–एक अंकमा चित्त बुझायो ।

  • ३१ जेष्ठ २०८३, आईतवार ०८:१६ प्रकाशित

  • Nabintech