डिजिटल पुस्तकालय निर्माणलाई पहिलो प्राथमिकता, ज्ञानोदयको नयाँ कार्यसमिति पदभार ग्रहण

शपथसँगै नयाँ संकल्प : ज्ञानोदय पुस्तकालय अब डिजिटल युगतर्फ


  • नमस्ते कर्णाली

  • कोहलपुर ११ मा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरका नवनिर्वाचित कार्यसमितिको पदभार तथा सफत ग्रहण गराईएको छ । एक कार्यक्रमका विच निर्वाचन समिति संयोजक अधिवक्ता इश्वरी प्रसाद ज्ञवालिले सफत ग्रहण गराएका हुन । उनले नवनिर्वाचित अध्यक्ष एकराज शर्माको कार्यसमिति लाई पदिय प्रमाणपत्र प्रदान गर्दै पद तथा गोपनियताको सफत गराएका हुन । सफत ग्रहण कार्यक्रममा कोहलपुर नगरपालिकाका नगरप्रमुख एवम् सफत ग्रहण कार्यक्रमका प्रमुख अतिथि पूर्णप्रसाद आचार्यले पुस्तकालयले स्थानीय सरकारसंग सहकार्य गरि काम गर्न अनुरोध गरे । उनले पुस्तकालय आम समुदायको साझा हुनुपर्नेमा जोड दिदै आजको २१औं शताब्दीको समयमा डिजिटल पुस्तकालय हुन जरुरत भएको औल्याए । उनले पछिल्लो समयमा पठन संस्कृतिको विकासमा कमि भएको औल्याउँदै पुस्तकालयको अवको रणनीति सोही अनुसार हुनुपर्नेमा जोड दिए । पुस्तकालय अहिले २५ वर्षको युवा जवानी भएको जिकिर गर्दै वर्तमान कार्यसमितिले दत्तचित्तका साथ मिलेर सहकार्यको बाटो औल्याउँदै जानुपर्नेमा जोड दिए । पुस्तकालय चुनावको रणभुमी नभई सहमति र सहकार्यमा सर्वसम्मत हुन नसक्नु राम्रो नभएपनी लोकतान्त्रिक प्रक्रियाको प्रयोगले कार्यसमिति छनौट भएकोमा कार्यसमिति लाई बधाई दिए ।


    सफत ग्रहण कार्यक्रम लगत्तै पुस्तकालयका अध्यक्ष एकराज शर्मालाई पदभार ग्रहण गराएको थियो । पदभार पछि आफना प्रतिवद्द्ता राख्दै नवनिर्वाचित अध्यक्ष एकराज शर्माले आफू र आफ्नो कार्यसमिति लाई निर्वाचित गराउन सहयोग गर्ने संस्थापक, संस्थागत सदस्य ज्युहरु, पूर्व अध्यक्षज्यूहरू, पुर्व कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरू, आजीवन सदस्यहरू, पुस्तकालय प्रेमी, बौद्धिक व्यक्तित्वज्युहरु, स्थानीय सरकार, सरोकारवाला शुभेच्छुक महानुभावहरू तथा सम्पूर्ण पुस्तकालय परिवार लाई धन्यवाद दिएका थिए । उनले कार्यसमिति सदस्य लक्ष्मी कुमारी पौडेल पौडेलको स्वास्थ लाभको कामना समेत गरे । उनले आफू ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, कोहलपुरको अध्यक्षको जिम्मेवारी प्राप्त गर्नु गौरवको विषय मात्र नभई ठूलो जिम्मेवारी पनि हो। भन्दै सम्पूर्ण सदस्यहरूको विश्वासप्रति हार्दिक आभार समेत व्यक्त गरे । उनले सुशासन, पार्दर्शिता र जवाफदेहिताको परिपालना मुख्य रूपमा कार्यन्वयन गर्ने, पुस्तकालयलाई ज्ञान, अनुसन्धान र सिकाइको केन्द्रका रूपमा विकास गर्ने, पुस्तकालयको भौतिक तथा डिजिटल पूर्वाधार सुदृढ गर्ने, पुस्तक, जर्नल, सन्दर्भ सामग्री तथा डिजिटल स्रोतहरूको पहुँच बढाउने । ई–लाइब्रेरी तथा डिजिटल सूचना सेवाको विकासमा जोड दिने, बालबालिका तथा युवामैत्री कार्यक्रम सञ्चालन गर्ने, युवाहरूलाई पुस्तकालयसँग जोड्ने नवीन कार्यक्रम ल्याउने, समुदायसँग पुस्तकालयको सम्बन्ध विस्तार गर्ने, विद्यालय, क्याम्पस, स्थानीय सरकार, सामाजिक संघसंस्था तथा निजी क्षेत्रसँग सहकार्य बढाउने। समुदायको आवश्यकता अनुसार ज्ञानमूलक कार्यक्रम सञ्चालन गर्ने, संस्थाका सम्पूर्ण गतिविधि तथा आर्थिक कारोबार पारदर्शी बनाउने। संस्थागत निर्णय प्रक्रियामा सहभागिता र जवाफदेहिता सुनिश्चित गर्ने, स्रोत व्यवस्थापन र दिगोपनामा जोड दिने, पुस्तकालयको आर्थिक सुदृढीकरणका लागि विभिन्न निकायसँग साझेदारी र सहयोग विस्तार गर्ने। दीर्घकालीन कोष निर्माण तथा आयआर्जनका सम्भावित कार्यक्रमहरू अघि बढाउन समावेशी र सबैका लागि खुला पुस्तकालय निर्माण गर्ने, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा विपन्न समुदायको पहुँच सुनिश्चित गर्ने ।

    पुस्तकालयलाई सबै समुदायको साझा सम्पत्ति बनाउने। समापन “समृद्ध समाजको आधार ज्ञान हो, र ज्ञानको आधार पुस्तकालय हो।” भन्ने पुष्टि गर्ने प्रतिवद्दता व्यक्त गरे । साथै उनले डिजिटल पुस्तकालय आफ्नो मुख्य लक्ष्य रहेको समेत प्रतिवद्दता गरे । सबैको भावनालाई आत्मसात गर्दै ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रलाई कोहलपुरकै मात्र नभई बाँके जिल्लाकै नमूना सामुदायिक पुस्तकालयका रूपमा स्थापित गर्न सम्पूर्ण सदस्य, शुभेच्छुक, स्थानीय सरकार, शैक्षिक संस्था तथा समुदायसँग सहकार्य गर्दै अघि बढ्ने दृढ प्रतिवद्धता व्यक्त गर्दै यहाँहरुले दिएको अभिमतको कदर गर्ने प्रतिवद्दता व्यक्त गरे । कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष चेतकान्त भट्टराईले आफ्नो कार्यसमितिले गर्दै आएका कामको निरन्तर दिनुपर्नेमा जोड दिए । उनले पुस्तकालय लाई परिमार्जन गरेर लैजानुपर्नेमा जोड दिदै नयाँ कार्यसमिति लाई बधाई तथा शुभकामना व्यक्त गरे ।
    कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति नारायण प्रसाद गौडेल, नेकपा एमाले जिल्ला सचिव बलराम भट्टराई, कोहलपुर नगरपालिका वडा नं १२ का वडाध्यक्ष विरेन्द्र कुमार शाह, नेकपा एमालेका नगर सचिव हेम कुमार रावत नेकपाका नगर अध्यक्ष बल बहादुर खडका, निर्वाचन समितीका सदस्यहरु रुद्रमणी न्यौपाने, विस्णु वेलवासे, गौरिकान्त आचार्य, पुर्व अध्यक्ष लिल बहादुर राना, निवर्तमान कार्यसमिति कोषाध्यक्ष पवित्रा ढकाल, सदस्यहरु सर्मिला मल्ल, चुरामणी ढकाल, छविलाल पान्डे, सल्लाहकारहरु महानन्द ढकाल, कोहलपुर वडा नं १० का वडा सदस्य भिम पौडेल, हाम्रो पुर्णिामा साहित्य प्रतिस्ठानका अध्यक्ष पुस्करनाथ रिजाल, शिवशक्ति आधारभुत विद्यालयका प्रधानाध्यापक बद्रीनाथ सापकोटा, सदस्यहरु ठाकुर भुषाल, भोलानाथ पौडेल, सुर्य बहादुर रोकाए, दिनेश केसि, समाजसेवी बाल कुमार शर्मा, साहित्यकार चन्द्रवती अधिकारी लगायत बुद्धिजीवी, समाजसेवि पत्रकारको उपस्थित रहेको थियो । नवनिर्वाचित अध्यक्ष एकराज शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण निर्वाचन समिति सदस्य विस्णु वेल्वासेले गरेका थिए ।


    ६ महिना भित्र डिजिटल पुस्तकालय बनाउने निर्णय सहित पहिलो वैठक सम्पन्न
    आजै पदभार लगतै बसेको कार्यसमितिको पहिलो वैठकले ७ वटा प्रस्ताव पारित गरेको छ । वैठकले निर्वाचित गराउने सम्पूर्ण सरोकारवाला निकाय, संस्थापक, आजिवन, साधारण सदस्य, स्थानीय सरकार, राजनीतिक दल, पुस्तकालय प्रेमी लगायत सम्पूर्ण लाई धन्यवाद ज्ञापन गरेको छ । यसैगरि दोस्रो प्रस्तावमा कार्यसमिति सदस्य लक्ष्मी कुमारि पौडेलको संजिवनी हस्पिटल नेपालगन्जमा सघन उपचार भइरहेकोले उनको शिघ्रस्वास्थ्य लाभको कामना गरेको छ । तेस्रो प्रस्तावमा आव २०८१/०८२ को नविकरणको गर्ने, चौथो एवम् महत्त्वपूर्ण प्रस्ताव आगामी -६ महिनाभित्र पुस्तकालय लाई डिजीटल पुस्तकालयमा स्थापित गर्ने निर्णय पारित गरेको अध्यक्ष शर्माले जानकारी दिए ।

  • ८ असार २०८३, सोमबार ०७:०० प्रकाशित

  • Nabintech