अर्जेन्टिना नकआउट चरणमा, मेस्सी बने सर्वाधिक गोल गर्ने खेलाडी

  • नमस्ते कर्णाली

  • काठमाडौं,९ असार ।

    फिफा विश्वकप २०२६ को समूह ‘जे’ मा अस्ट्रियालाई २–० गोलले हराउँदै अर्जेन्टिनाले नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

    डलास स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले दुवै गोल गर्दै टोलीलाई जित दिलाएका मात्र थिएनन्, विश्वकप इतिहासमा नयाँ कीर्तिमान पनि कायम गरे ।

    खेलको ३८ औं मिनेटमा मेस्सीले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । मेस्सीले नै इन्जुरी समय (९० प्लस ५ औं मिनेट)मा दोस्रो गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे ।

    अस्ट्रियाविरुद्धको दुई गोलले मेस्सीको विश्वकपमा कुल गोल संख्या १८ पुगेको छ र उनी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । यसअघि जर्मनीका स्ट्राइकर मिरोस्लाभ क्लोस १६ गोलका साथ विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ता थिए ।

    जारी विश्वकपमा यसअघि अल्जेरियाविरुद्धको खेलमा ह्याट्रिक गरेपछि उत्कृष्ट लयमा रहेका मेस्सीले क्लोसलाई पछाडि छोड्दै यो ऐतिहासिक उपलब्धि हासिल गरेका हुन् ।

  • ९ असार २०८३, मंगलवार ०६:०६ प्रकाशित

  • Nabintech