१२, चैत्र २०८१
चितवन । मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत चौधकिलोमा कोइला बोकेको ट्रेलर त्रिशूली नदीमा खस्दा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्।
आज बिहान करिब ६:३० बजे बागमती प्रदेश ०३-००१ ख ४८७४ नम्बरको ट्रेलर अनियन्त्रित भई नदीमा खसेको चितवन प्रहरीले जनाएको छ। दुर्घटनामा परी रौतहट निवासी अन्दाजी ३०/३५ वर्षीय चालक रामनारायण यादवको घटनास्थलमै मृत्यु भएको छ।
सहचालक १९ वर्षीय असुन्द्र कुमार यादव घाइते भएका छन्। उनलाई उद्धार गरी उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेजमा भर्ना गरिएको छ।
दुर्घटनाको कारण भने खुल्न सकेको छैन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।