२२, बैशाख २०८२
बाँके ।बाँकेको कोहलपुरमा म्याजिक भ्यानको ठक्करबाट अटोचालकको ज्यान गएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त कार्यलय प्रमुख प्रवीण आचार्यका अनुसार भे १ ज ६०६ नम्बरको म्याजिक भ्यानले ठक्कर दिँदा कोहलपुर बस्ने जाजरकोटका ३३ बर्षिय अटोचालक भीमबहादुर शाहीको मृत्यु भएको हो।
कोहलपुरको दशबिगाहाबाट राजमार्गतर्फ जाँदै गरेको अटोलाई बजारतर्फ आइरहेको म्याजिक भ्यानले ठक्कर दिएको प्रहरीको भनाइ छ। गम्भीर घाइते भएका शाहीलाई उपचारका लागि कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज लगिएको भए पनि उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।