नेपाल मुस्लिम इत्तेहाद संगठनको अध्यक्षमा बाँकेका मोहम्मद हारुन

  • नमस्ते कर्णाली

  • २२, बैशाख २०८२
    बाँके ।नेकपा (एमाले) निकट नेपाल मुस्लिम इत्तेहाद संगठनको सातौं महाधिवेशनबाट मोहम्मद हारुन हलुवाई अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। नेपालगञ्जमा सम्पन्न महाधिवेशनको उद्घाटन नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गर्नुभएको थियो।

    महाधिवेशनबाट ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिएको छ। जसअनुसार ६५ जना निर्वाचित गरिनुभएको छ भने बाँकी ३४ जना सदस्य मनोनयन गरिने जनाइएको छ।

    प्रदेशगत समावेशी आधारमा मधेश र लुम्बिनी प्रदेशबाट ३/३ जना पुरुष र २/२ जना महिला गरी १० जना प्रतिनिधि निर्वाचित हुनुभएको छ। अन्य पाँचवटै प्रदेशबाट २ पुरुष र १ महिला गरी १५ जना निर्वाचित हुनुभएको छ। यस्तै, खुलातर्फ २० पुरुष र ११ महिला गरी ३१ जना निर्वाचित हुनुभएको हो।

    निर्वाचित पदाधिकारीहरूमा अध्यक्ष: मोहम्मद हारुन हलुवाई ,उपाध्यक्ष: तैयव अन्सारी,महिला उपाध्यक्ष: साजिदा सिद्दिकी,महासचिव: राजमोहम्मद मियाँ,उपमहासचिव: जबुल मियाँ,सचिव (संगठन): हलिम मियाँ,सचिव (प्रचार): रियासत लिमी,सचिव (विदेश विभाग): सुलेमान मियाँ,सचिव (अर्थ विभाग): अब्दुल करिम खा चयन हुनुभएको छ। भने केन्द्रीय सदस्यहरूमा रौशन प्रविन, साविर अलि, कलिमुल्लाह अलि, अमिरुल निसा, अब्दुल खाँ, मोहम्मद रफिक, समिना मियाँ, गैंडा खान, मोहम्मद निजामुद्दिन हक, रासिदा खातुन, जरिना खातुन, सैयदा खातुन, मुन्नी खातुन, जमिला मियाँ, अफसाना खातुन, जलिल मियाँ, जाकिर हुसेन हलुवाई लगायतका व्यक्तिहरू समावेश हुनुहुन्छ।
    महाधिवेशनले संगठनलाई थप सशक्त बनाउँदै मुस्लिम समुदायको हकअधिकारका सवालमा स्पष्ट र प्रभावकारी भूमिका निर्वाह गरिने प्रतिबद्धता जनाइएको छ।

     

     

  • २२ बैशाख २०८२, सोमबार १२:१२ प्रकाशित

  • Nabintech