कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणमा प्रधानमन्त्रीको चासो : दुई महिनामा काम सक्न निर्देशन

  • नमस्ते कर्णाली

  • २३, बैशाख २०८२

    काठमाण्डौ ।प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरमा रहेको क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडान कार्य तोकिएको समयमा सम्पन्न हुन नसकेको विषयमा सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीसँग  छलफल गर्नुभएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, निर्माण कार्यको कार्यान्वयन निकाय सङ्घीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कंठससिहत सम्मलग्न निर्माण व्यवसायीसँग प्रधानमन्त्री ओलीले काम शुरू भए पनि तोकिएको समयमा काम सम्पन्न हुन नसक्ने स्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो ।

    प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गएको असार ३१ गते पहिलो निर्णयका रुपमा तीन सय दिनभत्र क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडान गर्ने घोषणा गर्नुभएको थियो । यो अवधि यही वैशाख २४ गते अर्थात भोलि सकिँदैछ ।
    प्रधानमन्त्री ओलीले कुन लापर्बाही, कमजोरी वा के कारणले समयमा काम हुन सकेन र अब कति दिनमा गुणस्तरीयरुपमा काम पूरा हुन्छ भन्ने यकिन गर्न र  दुई महिनाभित्र अर्थात आउँदो असारसम्म काम सम्पन्न गर्न निर्देशन दिनुभयो ।

  • २३ बैशाख २०८२, मंगलवार ०८:१० प्रकाशित

  • Nabintech