जाजरकोट कारागार भित्रै एक कैदीले गरे आत्महत्या

  • नमस्ते कर्णाली

  • २९, बैशाख २०८२

    जाजरकोट ।  जाजरकोट कारागारमा एक कैदीले आत्महत्या गरेका छन् ।
    भेरी नगरपालिका–१० का २५ वर्षीय दीपक बुढाले आइतबार कारागारको शौचालयमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी)ले जानकारी दिनुभएको छ ।
    बुढा जबर्जस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए । उनीमाथि चलिरहेको मुद्दाको फैसलाअघि नै कारागारमा आत्महत्या गरेपछि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
    डिएसपीका अनुसार घटनाको विस्तृत विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ ।

     

     

     

     

     

     

     

  • २९ बैशाख २०८२, सोमबार ०९:०३ प्रकाशित

  • Nabintech