मखन गल्लीमा ग्यास चुहिएर आगलागी, एक जना महिलाको मृत्युु

  • नमस्ते कर्णाली

  • ३१, बैशाख २०८२
    काठमाडौं। काठमाडौं महानगरपालिका–२४ मखनटोलमा ग्यास चुहिएर आगलागी हुँदा एक जना महिलाको मृत्यु भएको छ ।
    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी हुँदा एक जनाको मृत्यु भएको हो ।
    मृतकको पहिचान खुलेको छैन । उनले भने, ‘ग्यास लिक हुँदा आगलागी भएको छ । मृतकको शव फेलापरेको छ । सनाखत हुन बाँकी छ । आगो निभाउने प्रयास जारी छ ।’
    आगलागी भएको श्रेष्ठको घरसँगैको रुकेश श्रेष्ठको पाँचतले घर पनि आगो सल्केको छ ।

  • १ जेष्ठ २०८२, बुधबार ११:१५ प्रकाशित

  • Nabintech