राउटे समुदायले भत्ता पाएनन्, दैनिक छाक टार्न मुस्किल

  • नमस्ते कर्णाली

  • ३, जेष्ठ २०८२

    सुर्खेत ।लोपउन्मुख राउटे समुदायले भत्ता पाएका छैनन् । सरकारले समयमै सामाजिक सुरक्षा भत्ता नदिँदा राउटे बस्तीमा खाद्यान्न संकट देखिन थालेको छ । सुर्खेतमा दुई स्थानमा बस्दै आएको यो समुदायले चार महिनादेखि सामाजिक सुरक्षा भत्ता पाएको छैन ।

    राउटेको एक समूह बराहताल गाउँपालिका–९ को सोतखोला किनारमा र अर्को समूह वीरेन्द्रनगर–१३ को करेखोलामा बस्दै आएको छ । सोतखोला बस्तीका मुखिया सूर्यनारायण शाहीको बैशाख १५ गते निधन भएको थियो । अहिले सो बस्ती रानो विनाको मौरीजस्तै छ । १९ घरको नेतृत्व कस्ले गर्ने भन्ने टुंगो लागेको छैन ।

    बड्डीचौरबाट खोला किनारै किनार डेढ घण्टा हिँडेर पुगिने बस्तीमा एक महिनायता कुनै दाता आएका छैनन् । ‘भएको चामल मुखियाको किरियाकर्ममा सकियो,’ मृतक सूर्यनारायणका भाइ शेरबहादुरले भने, ‘भत्ता पनि आएको छैन, सहयोग गर्ने मानिसहरू पनि कोही आएका छैनन् ।’ शेरबहादुरले सरकारलाई चाँडोभन्दा चाँडो भत्ता उपलब्ध गराइदिन अनुरोध गरेका छन् ।

  • ४ जेष्ठ २०८२, शनिबार ११:२१ प्रकाशित

  • Nabintech