७, जेष्ठ २०८२
बाँके ।लागु औषध नियन्त्रणमा क्रियाशील रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले एक क्विन्टल भन्दा बढी लागु औषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले अवैध कारोबारमा संलग्न तीन जना युवालाई एक क्विन्टल ११ किलो लागुऔषध गाँजासहित नियन्त्रणमा लिएको हो । डुडुवा गाउँपालिका–४ मा छापा मार्दा तीन जना फक्राउ परेको । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीले बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिका–१४ बस्ने १८ वर्षीय विनय सोनी, वडा नम्बर २२ बस्ने १८ वर्षीय आदर्श साहनी र वडा नम्बर ६ फुलटेक्रा बस्ने २२ वर्षीय दिपेस चौरासिया पक्राउ परेको डिएसपी पातलीले जानकारी दिनुभयो।
उहाँले बाँकेको डुुडुवा ४ लालापुर्वास्थित भगिरथ खटिकको घरबाट सय किलो र राधे खटिकको घरबाट ११ किलो गरेर १११ किलो गाँजासहित कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरिएको बताउनुभयो ।
गाँजासहित पक्राउ परेका निकै कम उमेरका युवा रहेकोले सो कारोबारमा संलग्न अन्य मुख्य नाइकेको खोजी भइरहेको डिएसपी पातलीको भनाई रहेको छ।