मुगु । मुगुमा जिल्लामा पालिका स्तरीय मुक्त हलिया संजाल गठन गरिएको छ। राष्ट्रिय मुक्त हलिया समाज महासघं नेपालको आयोजनामा पालिका स्तरीय मुक्त हलिया संजाल गठन गरिएको छ।
बुधवार जिल्ला समन्वय समितिको सभाहलमा सञ्चालन गरिएको पालिका स्तरीय मुक्त हलिया संजाल गठन तथा संस्थागत विकासका लागी अभिमुखिकरण कार्यक्रमबाट बहादुर सिह दमाईको अध्यक्षतामा ९ सदस्यीय छायनाथ रारा नगर पालिका स्तरीय मुक्त हलिया संजाल गठन गरिएको छ।
यसअघि बिर्ख बहादुर लावडको नेतृत्वमा ११ सदस्यीय खत्याड गाउपालिका स्तरीय मुक्त हलिया संजाल र हरिलाल भियालको नेतृत्वमा ११ सदस्यीय सोरु गाउपालिका स्तरीय मुक्त हलिया संजाल गठन गरियको मुगु जिल्ला हलिया मुक्त समाजका अध्यक्ष मन लाल चदाराले बताउनुभयो।
पालिका स्तरीय मुक्त हलिया संजाल गठन तथा संस्थागत विकासका लागी अभिमुखिकरण कार्यक्रममा राष्ट्रियमुक्त हलिया समाज महांसघ नेपालका केन्द्रिय अध्यक्ष इश्वर सुनार,कार्यकारी निर्देशक हरि सिंह बोहोराको नेतृत्वमा कार्यक्रम संचालन गरियको थियो। कार्यक्रममा छायानाथ रारा नगरपालिकाभरीका सबै वडाहरु बाटसहभागि भएका थिए।