कोहलपुर नगरपालिकाको बेरुजु ३८ करोड नाघ्यो,

  • नमस्ते कर्णाली

  • ३०, जेष्ठ २०८२
    बाँके ।कोहलपुर नगरपालिका आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षणमा ३८ करोड ७५ लाख ३२ हजार रुपैयाँ बराबरको बेरुजु देखिएको छ। महालेखा परीक्षकको प्रतिवेदनअनुसार नगरपालिकाले २ अर्ब ५९ करोड २४ लाख ८५ हजार रुपैयाँको लेखापरीक्षण गराउँदा ४ करोड ८२ लाख ६२ हजार रुपैयाँ नयाँ बेरुजु देखिएको हो।

    उक्त बेरुजुमध्ये ५९ लाख ८६ हजारमा प्रतिक्रिया आए पनि त्यसमा आवश्यक कारबाही नभएकाले ७ लाख ६७ हजार थप बेरुजु थपिएको छ। महालेखा प्रतिवेदनमा अनुसार, हालको बेरुजु विश्लेषण गर्दा:रु. ७९ लाख १८ हजार असुल गर्नुपर्ने,
    रु. ५७ लाख ६१ हजार प्रमाण कागजात पेस गर्नुपर्ने,
    रु. २ करोड १७ लाख ९० हजार नियमित गर्नुपर्ने,
    र रु. ७५ लाख ७४ हजार पेस्की बाँकी रहेको उल्लेख छ।
    यसअघि वर्षसम्मको बेरुजु ३४ करोड ४४ लाख ८९ हजार थियो, जुन अद्यावधिक भई हाल ३८ करोड ७५ लाख ३२ हजार पुगेको हो।
    महालेखाले नगरपालिकाको लेखापरीक्षणबाट स्रोत र साधनको प्रक्षेपन यथार्थपरक नरहेको, राजस्व असुली लयबद्ध नभएको, र स्थायी कर्मचारी पदपूर्ति नहुँदा विकास निर्माण र सेवा प्रवाहमा असर परेको जस्ता गम्भीर कमजोरी औंल्याएको छ।

    आन्तरिक नियन्त्रण प्रणाली कमजोर, अनुदानको प्रभावकारी अनुगमन नभएको, र वितरणमुखी कार्यक्रमहरू सञ्चालन गरिएको जस्ता समग्र कमजोरीले नगरपालिकाको वित्तीय अनुशासनप्रति प्रश्न उठाएको महालेखाको निष्कर्ष छ।

     

     

  • ३१ जेष्ठ २०८२, शुक्रबार ०६:४६ प्रकाशित

  • Nabintech