नेपाल किसान महासंघ बाँकेद्धारा क्षेत्रीय कार्यसमिति घोषणा

  • नमस्ते कर्णाली

  • ३, असार २०८२
    बाँके ।नेपाल किसान महासंघ बाँकेले क्षेत्र नम्बर २ मा क्षेत्रीय कार्यसमिति घोषणा गरेको नेपालगञ्ज । नेपाल किसान महासंघ बाँकेले क्षेत्र नम्बर २ मा क्षेत्रीय कार्यसमिति घोषणा गरेको छ । महासंघले १७ सदस्यीय कार्यसमिति घोषणा गरेको हो । महासंघको क्षेत्रीय सभापतिमा सुरेन्द्र कुमार श्रेष्ठ चयन हुँदा उपाध्यक्षमा समसुद्धिन खाँ, सचिव विजय मल्ल, सहसचिव विजय रत्न श्रेष्ठ र कोषाध्यक्षमा देवराज न्यौपाने रहनुभएको छ ।
    यसैगरी सदस्यहरुमा राजेन्द्र रेउले, सिता सिजापति, डम्मर बिसी, सुमित्रा घले, त्रियोगी गिरी, पुरण बहादुर थारु, गंगाराम डाँगी, संजित कुमार थानी, देवी सिजापति, सम्स अलि सिद्धिकी र सुरज बर्मा रहेका छन् । सल्लाहकारमा कपिल शर्मा र दुर्गा भण्डारीलाई चयन गरिएको छ ।
    महासंघको क्षेत्रीय कार्यसमितिलाई प्रमुख अतिथि नेपाली कांग्रेसका सह(महामन्त्री किशोरसिंह राठौर, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन र जिल्ला सभापति नारायण प्रसाद गौडेलले संयुक्तरुपमा अविर र खादा लगाएर प्रमाणपत्र प्रदान गरेका थिए ।
    सोही कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–६ बाट विभिन्न पार्टी परित्याग गरी एक दर्जन नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै सह(महामन्त्री राठौरले पार्टीभित्र अनुशासन कमजोर बन्दै गएको टिप्पणी गर्दै महत्वपूर्ण जिम्मेवारीमा बसेकाले नै विधि(विधान मिचिरहेको आरोप लगाउनुभयो ।

  • ३ असार २०८२, मंगलवार ०९:५६ प्रकाशित

  • Nabintech