सबनम मुसलमानको अध्यक्षतामा श्री नेपाल राष्ट्रिय मावि चौरिमा बाल क्लब गठन

  • नमस्ते कर्णाली

  • ७, असार २०८२
    कपिलवस्तु ।बुद्धभूमि नगरपालिका–५ चौरीस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा बाल क्लब गठन गरिएको छ। विद्यालयमा कक्षा ८ मा अध्ययनरत सबनम मुसलमानको अध्यक्षतामा १३ सदस्यीय बाल क्लब गठन गरिएको हो।

    गठित बाल क्लबमा उपाध्यक्ष ममता कुर्मी, सचिव अमिर अली गद्दी, सह–सचिव सचिन केवट, कोषाध्यक्ष अनबहादुर कामी चयन भएका छन्। यस्तै सदस्यहरूमा राहुल दर्जी, दिवसन केसी, रिन्की केवट, रानु जैसवाल, दुर्गेश जैसवाल, मेनका ठाकुर, साफिया खातुन र विष्णु परियार रहेका छन्।

    शिक्षक रञ्जु बस्नेतको संयोजकत्वमा गठन गरिएको बाल क्लबले विद्यार्थीलाई सिर्जनात्मक र व्यवहारिक क्रियाकलापमा संलग्न गराउँदै नेतृत्व विकासमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ। संयोजक बस्नेतले क्लबमा संलग्न भाइबहिनीहरू आफैंमा सक्रिय भई अन्य विद्यार्थीलाई पनि विद्यालयका गतिविधिमा सहभागी गराउन प्रेरित हुने बताउनुभयो।

    बाल क्लबको अध्यक्षमा चयन हुनु भएकी सबनम मुसलमानले आफू विद्यार्थीको हक र आवाजको प्रतिनिधित्व गर्न चाहेको बताउँदै क्लबलाई अझ सिर्जनात्मक र सक्रिय बनाउने योजना रहेको बताउनुभयो।

    विद्यालयका प्रधानाध्यापक बुद्धिराम अधिकारीले बाल क्लबमार्फत विद्यार्थीमा अभिव्यक्ति क्षमता र नेतृत्व विकास हुने, जिम्मेवार नागरिक निर्माणतर्फ टेवा पुग्ने र अतिरिक्त क्रियाकलापलाई व्यवस्थित गर्न सहज हुने बताउनुभयो। साथै, विद्यालयको वातावरण स्वच्छ, सभ्य र हराभरा राख्न बाल क्लब अग्रसर हुने र विद्यार्थीलाई जीवनोपयोगी सीप सिक्न अवसर प्राप्त हुने धारणा उहाँको छ।

    कक्षा ३ देखि ९ सम्मका विद्यार्थी समेटिएको क्लब गठन कार्यक्रममा शिक्षक, कर्मचारी र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो। क्लब गठनसँगै विद्यालयका बालबालिका उत्साहित र सशक्त भएका छन्।

     

  • ७ असार २०८२, शनिबार ०८:०० प्रकाशित

  • Nabintech