खजुरामा १० वर्षीय बालकको नालामा डुबेर मृत्यु

  • नमस्ते कर्णाली

  •  ९,  असार २०८२
    बाँके ।बाँकेको खजुरा गाउँपालिका–३, खजुरा बजारमा एक बालकको नालामा डुबेर मृत्यु भएको छ। सिरक डसनाको व्यवसाय गर्दै आएका मुस्ताक मिया ठकुराईका १० वर्षीय छोरा साबिर मिया ठकुराई शनिबार दिउँसो साथीहरूसँग खेल्दै पेडारी नाला नजिक पुगेका थिए। सोही क्रममा नालामा डुबेर बेपत्ता भएका बालकको शव आइतबार दिउँसो फेला परेको हो।

    घटनापछि इलाका प्रहरी कार्यालय धनौली, सशस्त्र प्रहरी बल नम्बर ३० गण सम्सेरगञ्ज, रेडक्रस युवा सर्कल खजुरा तथा स्थानीय बासिन्दाको सहकार्यमा खोजी कार्य तीव्र पारिएको थियो। खोजीको क्रममा आइतबार दिउँसो करिब १:३० बजे बालकको शव नालामै फेला पारिएको खजुरा प्रहरी स्रोतले जनाएको छ।

    गर्मीको मौसमसँगै खोलानाला आसपास खेल्ने क्रममा यस्ता दुःखद घटना दोहोरिइरहेकाले अभिभावकहरूलाई सन्तानप्रति विशेष सतर्कता अपनाउन सुरक्षा निकायले आग्रह गरेका छन्।

     

  • ९ असार २०८२, सोमबार ०६:४७ प्रकाशित

  • Nabintech