जुम्लाका ८ वटै स्थानीय तहले ल्याए बजेट

  • नमस्ते कर्णाली

  • ११, असार २०८२
    जुम्लाका ८ वटै स्थानीय तहमा समयमै बजेट आएको छ ।यो वर्ष आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट ल्याएका छन्। एक नगरपालिका र सात गाउँपालिकाले बजेट ल्याएका हुन्।८ वटा स्थानीय तह रहेको जुम्लामा कुल ३ अर्व ३६ करोड ३४ बजेट छ। चन्दननाथ नगरपालिकाले ६१ करोड ३२ लाख ९२ हजारको बजेट ल्याएको छ।

    त्यस्तै तातोपानी गाउँपालिकाले ५१ करोड ५९ लाख ८२ हजार बराबरको बजेट ल्याएको छ । यस्तै तिला गाउँपालिकाले ५१ करोड ३९ लाख ७९ हजारको बजेट ल्याएको छ । यता हिमा गाउँपालिकाले ४० करोड २ लाख ७५ हजार विनियोजन भएको अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए ।त्यस्तै सिंजा गाउँपालिकाले ४७ करोड, २२ लाख ३५ हजार बजेट ल्याएको छ।

    कनकासुन्दरी गाउँपालिकाले ४९ करोड ७१ लाख ७३ हजार ९ सय ९६ रुपैयाँको बजेट ल्याएको छ। पातारासी गाउँपालिकाले ४३ करोड ५८ लाख ४१ हजार रुपैयाँ विनियोजन गरेको छ । भने यता गुठिचौर गाउँपालिकाले सबैभन्दा कम ३४ करोड ७९ लाख २५ हजार ९ सय ७० रुपैयाँ १९ पैसाको विनियोजन गरेको छ ।

    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार स्थानीय तहले प्रत्येक वर्षको असार १० गते अनिवार्य रुपमा बजेट ल्याउनु पर्छ।

  • ११ असार २०८२, बुधबार ०७:१४ प्रकाशित

  • Nabintech