“जुम्लामा एकल महिला र अपांगता भएका व्यक्तिलाई पोसिलो राहत: चामल, अण्डा र तेल वितरण”

  • नमस्ते कर्णाली

  • २४, असार २०८२

    जुम्ला।जुम्लाको चन्दननाथ नगरपालिका–४ का एकल महिला तथा अपांगता भएका व्यक्तिहरूले राहतस्वरूप पोसिलो खानेकुरा प्राप्त गरेका छन्। वडा कार्यालयले लक्षित समुदायको जीवनयापनमा राहत पुगोस् भन्ने उद्देश्यले यस्तो सहयोग कार्यक्रम सञ्चालन गरेको हो।

    वडाभित्र पर्ने भारतीबाड, सिंगाचौर र मालाभिड गाउँका ४५ जना लाभग्राहीले राहत पाएका छन्। तीमध्ये ३३ जना एकल महिला र १२ जना अपांगता भएका व्यक्ति रहेका छन्। प्रति व्यक्तिलाई एक बोरा चामल, एक क्यारेक्टर अण्डा र एक पाकेट तेल वितरण गरिएको वडा सचिव बलबहादुर भक्रीले जानकारी दिनुभयो।

    उक्त राहत सामग्री वडाको एकल महिला तथा अपांगता लक्षित कार्यक्रम अन्तर्गत १ लाख ३८ हजार ७ सय ९० रुपैयाँको बजेटबाट वितरण गरिएको हो। कार्यक्रममा कार्यवाहक वडा अध्यक्ष शंकर कार्कीको पनि उपस्थिति रहेको थियो।

    वडा सचिव भक्रीका अनुसार, यो सहयोग नेपाल सरकारले वर्गीकरण गरेको ‘क’ र ‘ख’ वर्गमा पर्ने सामाजिक सुरक्षा भत्ता पाउने अपांगता भएका व्यक्तिहरूलाई दिइएको हो।

    राहत पाएपछि स्थानीय लाभग्राहीहरू खुसी देखिएका छन्। स्थानीय अमृता भारती भन्छिन्, “दुखको बेला कसैले सम्झेको महसुस भयो। कमाउने स्रोत केही थिएन। वडा सरकारले बिर्सन नसकिने काम गरेको छ।”

    अर्की एकल महिला भगवती चौलागाईंले भनिन्, “वडाले बेला–बेला सहयोग गरिरहेकाले केही राहत मिलेको छ। यस्तो सहयोगले मनोबल पनि बढ्छ।”

    स्थानीय गाेमा सार्कीले पनि वडाको निरन्तर ध्यान र सहायताप्रति धन्यवाद दिँदै भनिन्, “हामीजस्ता बेसहारा महिलालाई

  • २४ असार २०८२, मंगलवार १३:४८ प्रकाशित

  • Nabintech