मध्यपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसका प्राध्यापक र कर्मचारीद्वारा ध्यानाकर्षण: माग पूरा नभए चरणबद्ध आन्दोलनको चेतावनी

  • नमस्ते कर्णाली

  • सुर्खेत,१६ साउन।

    मध्यपश्चिम विश्वविद्यालय (मपवि) का आंगिक क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरूले आज विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार र डिनहरूलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। आफ्ना विभिन्न मागहरू पूरा नभए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनीसमेत उनीहरूले दिएका छन्।
    प्राध्यापक तथा कर्मचारी संघद्वारा आयोजित एक घण्टा ध्यानाकर्षण तथा धर्ना कार्यक्रमपछि आज २०८२ साउन १६ गते (शुक्रबार) ध्यानाकर्षण पत्र बुझाइएको हो।


    ध्यानाकर्षण पत्रमा विगत ६ वर्ष अगाडि मपविको आंगिक क्याम्पसका रुपमा समायोजन हुँदादेखि नै आंगिक क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरुलाई विभिन्न तवरले अन्याय गरेकाे र विश्वविद्यालयकाे ऐन नियमावलीहरुमा भएको व्यवस्थालाई व्यवस्थालाई कार्यान्वयन नगरि प्राध्यापक कर्मचारीहरुकाे पेशागत वृत्तिविकासमा अवरोध गरेकाले यथाशीघ्र समाधानको माग गरिएको छ।


    ध्यानाकर्षण पत्रमा उल्लेख भएअनुसार, यदि मागहरू २०८२ साउन २२ गतेसम्म सम्बोधन नगरिए आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिइनेछ। उल्लेखित मागहरू पूरा नभए २०८२ साउन २३ गतेदेखि सम्पूर्ण प्राध्यापक तथा कर्मचारीहरूले कामकाज बहिष्कार गरी प्रशासन ठप्प पार्ने र विश्वविद्यालयको कामकाज अगाडि बढ्न नदिने चेतावनीसमेत दिएकाछन्। उनीहरूले यस आन्दोलनबाट विश्वविद्यालयको शैक्षिक वातावरणमा कुनै अवरोध नआउने सुनिश्चितताका लागि सम्बन्धित सबै पक्षलाई सहयोगको अपिलसमेत गरेका छन्।


    मपविकाे आंगिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पस प्राध्यापक संघ र कर्मचारी संघकाे अगुवाइमा भएकाे धर्ना कार्यक्रममा बाँके, बर्दिया, सुर्खेत तथा दैलेख लगायतका जिल्लामा रहेका मपविका आंगिक क्याम्पसहरुका प्राध्यापक तथा कर्मचारीहरुकाे बाक्लो सहभागीता रहेकाे थियाे।

    साथै मपवि केन्द्रीय क्याम्पसका प्राध्यापकहरुका विभिन्न संघ संगठनका नेतृत्व तथा पदाधिकारीहरुले समेत आंगिक क्याम्पसका प्राध्यापक कर्मचारीहरुकाे मागहरु जायज रहेकाे भन्दै आन्दोलनका कार्यक्रमहरुमा ऐक्यबद्धता रहेकाे वताएका थिए।

  • १७ श्रावण २०८२, शुक्रबार २२:१३ प्रकाशित

  • Nabintech