जिमखाना धाउने कि साइक्लिङ गर्ने ?

  • नमस्ते कर्णाली

  • कोरोनाले सर्वत्र सन्त्रास र संकट मच्याइरहेकै बेला सरकारले ८२ लाख रुपैयाँ खर्चेर मन्त्री निवासमा जिमखाना बनाउने तयारी ग¥यो । नेता÷मन्त्रीहरुलाई व्यायाम गर्नका लागि भन्दै जिमखाना बनाउने चर्चा भएपछि सर्वसाधरणले अर्को उपाय सुझाए, ‘जिमखाना खोल्नुभन्दा साइकल चढ्ने गर्नु । व्यायाम पनि हुन्छ, राज्यको खर्च पनि कटौती हुन्छ ।’

    कोरोना भाइरसको संभावित संक्रमणबाट बच्नका लागि मुलुक लकडाउनमा छ । घर बाहिर निस्किएर खुला रुपमा हिँडडुल गर्नु वा भिडभाडमा जानु जोखिमपूर्ण छ । अर्कोतिर कोरोना भाइरस विरुद्ध औषधि वा खोप बनिसकेको छैन । कोरोना संक्रमणबाट बच्न शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु नै अहिलेको लागि सर्वोत्तम विकल्प मानिएको छ ।

    एक त भिडभाडमा मिसिएर हिँड्न नहुने बाध्यता, अर्कोतिर आफ्नो शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्नुपर्ने अवस्था । यी दुबैको साझा विकल्प हुनसक्छ, साइक्लिङ ।

    सार्वजनिक यातायात सञ्चालन नभएको र अन्य यातायातको साधन पनि सहज नभएको स्थितिमा साइकल एक उपयोगी साधन हुनसक्छ । अहिलेको अवस्थामा यसबाट प्रत्यक्ष केही लाभ लिन सकिन्छ ।

    १. छरितो यात्रा

    २. सुरक्षित (एक्लै यात्रा गर्न र भिडभन्दा अलग रहन सकिने भएकाले)

    ३. व्यायाम

    आफ्नो कामधन्दा पनि पुरा गर्न सकिने, शरीरलाई ‘फिट एन्ड फाइन’ पनि राख्न सकिने । साइक्लिङ एक सम्पूर्ण व्यायाम पनि हो । साइक्लिङ गरिरहँदा शरीरको समूचित व्यायाम हुन्छ ।

    ब्रिटिश मेडिकल एशोसिएशनका अनुसार हरेक हप्ता औसत ३२ किलोमिटर साइक्लिङ गर्दा मुटुको कोरोनरीको रोगको खतरा ५० प्रतिशतसम्म कम हुनसक्छ । एक अध्ययनबाट के पनि पाइएको छ भने जो व्यक्ति हरेक हप्ता ३२ किलोमिटर साइक्लिङ गर्छन्, उनीहरुलाई मुटुको रोगको जोखिम हुँदैन ।

    साइक्लिङ एक सहज विधी पनि हो । आरमले पाइडल घुमाउनुहोस् वा उत्साहसाथ, शरीरका अंगहरु राम्ररी संचालन हुन्छ । मुटुको धड्कन बढ्छ । शरीरको प्रत्येक कोशिकाका लागि अक्सिजनयुक्त रक्त प्रवाह बढ्छ । मुटु र फोक्सो बलियो हुन्छ । मांशपेशी बलियो हुन्छ । जोर्नीहरुको राम्ररी व्यायाम हुन्छ ।

    नियमित साइक्लिङ गर्दा लगभग ३ सय क्यालोरी प्रति घण्टा खर्च हुन्छ । मोटोपन नियन्त्रण गर्ने सहज विधी पनि हो यो ।

    जिम भर्सेस साइक्लिङ

    त्यसो त अहिले जिम जाने अनुकुलता पनि छैन । जिममा भिडभाड हुने भएकाले र शारीरिक दुरी कायम गर्न नसकिने भएकाले जिम धाउन सहज छैन । जिमका लागि अतिरिक्त खर्च लाग्ने नै भयो । साथसाथै निश्चित समय पनि छुट्याउनुपर्छ । जबकी साइक्लिङमा यी कुनैपनि बाध्यता रहँदैन । साइक्लिङ गर्दा खर्च हुने भएन । अतिरिक्त समय पनि छुट्याउन परेन । आरम र आनन्ददायक पनि हुन्छ ।

    जिम कोठाभित्र गर्नुपर्ने हुन्छ । साइक्लिङ खुला हावामा । साइक्लिङबाट शारीरिक साथै मानसिक रुपमा पनि स्वस्थ र तन्दुरुस्त भइन्छ ।

  • ७ श्रावण २०७७, बुधबार ००:१६ प्रकाशित

  • Nabintech