अदानचुली गाउँपालिकाले १६ गतेबाट बिद्यालय खोल्ने

  • नमस्ते कर्णाली

  • हुम्ला जिल्लाको अदानचुली गाउँपालिकाले कात्तिक १६ गतेबाट सामुदायिक बिद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको छ । कार्तिक ११ गते बसेको गाउँ कार्यपालिकाको बैठक अनुसार गाउँपालिका भरिका सबै सामुदायिक बिद्यालयहरु खोल्ने निर्णय भएको गाउँपालिकाका स्रोतले नमस्ते कर्णाली पत्रिकालाइ जानकारी दिएको छ ।
    लामो समय देखी बिद्यालय बन्द रहेकाले अब स्वास्थ्य मापदण्डको पालना गरी गाउँपालिका स्थीत सम्पुर्ण सामुदायिक बिद्यालयहरु सञ्चालन गर्ने भएकाले नियमित रुपमा पठन पाठन सरु गर्न सम्पुर्ण सामुदायिक बिद्यालयहरुका शिक्षक÷क्रमचारीलाई आ आफ्नो बिद्यालयमा हाजीर भई बिद्यालय सञ्चालन गर्नको लागि पत्राचार गरिएको छ ।

  • १२ कार्तिक २०७७, बुधबार १५:५८ प्रकाशित

  • Nabintech