अमेरिकामा २०२० को अन्तिमसम्म कोरोनाको खोप आउँछ : फाउची

  • नमस्ते कर्णाली

  • अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ एन्थोनी फाउचीले यस सन् २०२० को अन्तिमसम्ममा अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप बजारमा आउने बताएका छन् । उनले अहिले अनुमान गरिएको समयसीमाको विषयलाई लिएर आफू निकै खुसी रहेको पनि बताएका छन् ।

    फाउचीले खोप निर्माणमा अमेरिकालाई चीनले पछि पार्छ कि भन्नेमा आफ्नो कुनै चिन्ता नरहेको उनको भनाइ छ । उनले सबै एउटै बाटोमा हिँड्न नसक्ने भन्दै चीनले कोरोना भाइरसको खोप अमेरिकाभन्दा पहिला निर्माण गर्न नसक्ने पक्का रहेको बताए ।

    यद्यपि कोरोना भाइरसविरुद्धको खोपले कति समयसम्म मानिसलाई कोरोना भाइरसबाट बचाउँछ भन्ने प्रश्न भने अझै पनि बाँकी रहेको फाउचीको भनाइ छ । बुधबार अमेरिकी कम्पनीले निर्माण गरेको खोप परीक्षणको महत्वपूर्ण चरण सफल रहेको दाबी गरिएको थियो । अब यो खोपको अन्तिम चरणको परीक्षण बाँकी छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसलाई निकै ठूलो समाचार रहेको बताएका थिए ।

    स्रोत : बीबीसी

  • १ श्रावण २०७७, बिहीबार ११:५९ प्रकाशित

  • Nabintech