नेकपाको सचिवालय बैठक आज बस्दै

  • नमस्ते कर्णाली

  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाभित्रको विवादका विषयमा छलफल हुनेछ ।

    प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहमतिमा महासचिव विष्णु पौडेलले आजका लागि बैठक बोलाएका हुन् ।

    अध्यक्ष ओलीले लामो समयदेखि बैठक बोलाउन अस्वीकार गरेपछि नेकपा सचिवालय बैठक बस्न सकेको थिएन । कार्यकारी अध्यक्ष प्रचण्डले आफूले कार्यकारी अधिकारको प्रयोग गरेर बैठक बोलाउने तयारी गरेपछि ओली बैठक बोलाउन सहमत भएका थिए ।

  • २८ कार्तिक २०७७, शुक्रबार १३:१२ प्रकाशित

  • Nabintech