कोहलपुर ३ बिकासनगरमा दाह्रे मष्टाको मन्दिर निमार्ण हुदै

  • नमस्ते कर्णाली

  • कोहलपुर ३ बिकासनगरमा कर्णाली तथा सुदुरपश्चिम क्षेत्रको प्रसिद्ध देवता दाह्रे मष्टाको मन्दिर निमार्ण गर्न थालिएको छ । मन्दिर निमार्ण गर्नको लागी एक मन्दिर संरक्षण समिति समेत गठन गरिएको छ । कात्र्तिक ९ गते कोहलपुर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष माधव रिजाल र पलाता गाउँपालिका वडा नं ४ कालिकोटका वडा अध्यक्ष ऐनराज महताराले संयूक्त रुपमा सिलान्यास गर्नु भएको थियो । कोहलपुर नगरपालिका वडा नं ३ वडा अध्यक्ष माधव रिजाले वडामा निमार्ण हुन लागेको मन्दिरलाई आफ्नो तर्फबाट सक्दो सहयोग रहने सो सिलान्यास कार्यक्रमा बताउनु भएको थियो । पाँच लाख बराबरको आधा कµा जग्गा किनेर निमार्ण हुन लागेको मन्दिर करिब १२÷१३ लाख लगानी लाग्ने दाह्रे मष्टा मन्दिर संरक्षण समितिका अध्यक्ष गोकर्ण महताराले नमस्ते कर्णाली पत्रिका लाई जानकारी दिनु भयो । उहाँका अनुसार गाउँ समाजमा दान तथा उच्च सहयोग भएको बताउदै ५ हजार भन्दा माथी दान दिने दातालाई सिलालेखमा नाम राख्ने समेत निर्णय भएको बताउनु भयो ।

    मन्दिर निमार्णमा पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बम लगाएत पलाताको टिमको बिशेष सहयोग रहेको मन्दिर संरक्षण समितिले जानकारी दिएको छ ।
    केहि दिन अगाडी पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बलले मन्दिरको जग खनेर सुरुवात गर्नुभएको थियो । अध्यक्ष बमले कर्णाली तथा सुदुरपश्चिम क्षेत्रको प्रसिद्ध देवता दाह्रे मष्टको मन्दिर निमार्ण गर्न थालिएकोमा खुसी ब्यक्त गर्नु भएको छ । कर्णाली क्षेत्रमा मात्र नभएर अब यस क्षेत्रमा पनि देबताको आस्था रही मन्दिर निमार्ण गर्न लाग्नु भएका सम्पुर्ण टिमलाई धन्यवाद समेत दिनु भएको छ । साथै आफ्नो तर्फबाट सरसहयोग रहने समेत बताउनु भएको छ । अबको एक बर्ष भित्र सम्पुर्ण मन्दिरको काम सकेर दाह्रे मष्टाको मेला अर्को साल दशै जेवारे पुर्णिमाका दिन मेला तथा पहेड गर्ने मन्दिर संरक्षण समितिका अध्यक्ष गोकर्ण महताराले जानकारी दिनु भयो ।

  • २८ कार्तिक २०७७, शुक्रबार १७:३५ प्रकाशित

  • Nabintech