हिमा गाउँपालिका १ का वडाध्यक्ष शाहीको निधन

  • नमस्ते कर्णाली

  • हिमा गाउँपालिका १ का वडाध्यक्ष वीरबहादुर शाहीको ७४ वर्षको उमेरमा निधन भएको छ । दुई हप्ताअघि कात्तिक १६ गते घरमै बेहोस भइ मष्तिक्स पक्षघातबाट बिरामी हुनुभएका शाहीको शनिबार राति निधन भएको परिवारले जनाएको छ ।

    कात्तिक १६ गते बेहोस हुनुभएका शाहीलाई १७ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याइ सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो ।

    चिकित्सकका अनुसार टाउकोको रक्तनलीे फुटेर लामो समय होसमा नआएपछि परिवारको सल्लाहमा कात्तिक २२ गते उहाँलाई घरमा ल्याइएको थियो । घरमा पनि होस नआएरै शनिबार राति १२ः४५ मा वडाध्यक्ष शाहीको निधन भएको उहाँका भाइ लंकबहादुर शाहीले जानकारी दिनुभएको छ ।

  • ३० कार्तिक २०७७, आईतवार ११:०४ प्रकाशित

  • Nabintech