१० लाख खर्चमा कोरोना संक्रमितलाई हेलिकोप्टरबाट उद्धार

  • नमस्ते कर्णाली

  • हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा नम्वर ४ यालवाङका एक जना कारोना सक्रमितलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
    संक्रमित ६१ वर्षिय वृद्धाको स्वास्थ्य श्वाश प्रश्वासमा समस्या आएपछि आइतबार हेलिकोप्टरबाट उद्धार गरेर सदमुकाम सिमकोट ल्याइएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिनु भयो ।
    संक्रमितले आप्mनै खर्चमा हेलिकोप्टर रिर्जभ गरेपछि यालवाङबट सिमकोट हुँदै काठमाडौं लगिएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले नमस्ते कर्णाली पत्रिकालाई जानकारी दिनु भयो ।
    ’संक्रमित वृद्धको व्यक्तिगत १० लाख खर्चमा हेलिकोप्टर रिजर्भ गरेको र ,बिरामीलाई ह्याम्स अस्पतालका दुई जना चिकित्सक समेत आएकाले तत्कालै उनलाई काठमाडौं पठाउने काम भएको हो ।’
    हेलिकोप्टरमा अक्ीजनको व्यवस्था गरेर संक्रमित वृद्धालाई उद्धार गरिएको हो । पछिल्लो पटक १२ जनामा कोरोना संक्रमण पुष्टि भएको नाम्खाका केही वृद्धा संक्रमितलाई जाडोका कारण अक्सीजनको अभाव हुने देखिएपछि आफ्नै खर्चमा थप केही जनाको उद्धारको तयारी भैरहेको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए । पहिलो पटक १२ र हिजो ३० गते १५ गरी २७ जनामा कोरोना पोजेटिप ,दिखिएको अध्यक्ष लामाले जानकारी दिनु भयो । संक्रमित सबै लाई गाउँपालिकाको आइसुलेशनमा राखिएको छ ।

     

  • १ मंसिर २०७७, सोमबार ०९:४१ प्रकाशित

  • Nabintech