नेकपाका नेता न्यौपाने द्धारा बाँकेमा प्लाज्मा दान

कोरोना संक्रमण निको भएको ३० औं दिनमा न्यौपानेले प्लाज्मा दान गर्नु भएको हो ।


  • नमस्ते कर्णाली

  • नेकपाका युवा नेता नरेन्द्र न्यौपानेले बाँकेमा प्लाज्मा दान गर्नु भएको छ । कोरोना पोजेटिभ भएर निको हुनु भएका नेकपा प्रदेश कमिटी सदस्य समेत रहनु भएका बाँके क्षेत्र नं १ ख का ईन्चार्ज न्यौपानेले बिहीवार प्लाज्मा दान गर्नु भएको हो ।
    प्लाज्माबाट कोरोना संक्रमित भएका जटिल अवस्थाका बिरामीहरुलाई उपचार गर्ने गरिएको छ । प्लाज्मा दान गर्ने न्यौपानेलाई बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले धन्यवाद समेत दिनु भएको छ । प्लाज्मा दान जटिल अवस्थाका बिरामीको लागी जिवनदान सरह नै भएको प्रजिअ कुरुम्वाङले बताउनु भयो ।
    प्रजिअ कुरुम्वाङ कै सक्रियताममा बाँकेमा प्लाज्मा दान सुरुवात गरिको हो । प्लाज्मा दान मार्फत हाल सम्म बाँकेमा दर्जनौ मानिसले जिवन दान पाई सकेका छन ।

  • २६ मंसिर २०७७, शुक्रबार ०८:०८ प्रकाशित

  • Nabintech