बाजुराको हिमाली गाउँपालिका द्धारा एम्बुलेन्स सेवा सूचारु

गाउँपालिकाको गएको आर्थिक वर्ष २०७६र०७७ को बजेटबाट रु १० लाख मा एम्बुलेन्स खरित गरिएको हो


  • नमस्ते कर्णाली

  • बाजुरा जिल्लाको हिमाली गाउँपालिकाले पहिलो पटक एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । गाउँपालिकाले आफ्नै लगानिमा एम्बुलेन्स खरीद गरी गत मंगलबार देखि सेवा सूचारु गरेको हो । गाउँपालिकाको गएको आर्थिक वर्ष २०७६र०७७ को बजेटबाट रु १० लाख मा एम्बुलेन्स खरित गरिएको गाउपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत जनक वहादुर शाहीले नमस्ते कर्णालीलाई जानकारी दिनुभयो । गएको आर्थिक वर्षमा एम्बुलेन्स खरिद गरिए पनि सडकको समस्यले गर्दा यो आर्थिक वर्षबाट सेवा सुचारु गरेको नि. प्रमुख प्रशासकीय अधिकृत शाहीले बाताउनुभयो ।
    हिमाली गाउँपालिका क्षेत्रका स्थानीय बिरामीलाई लक्षित गर्दै गाउँपालिकाले एम्बुलेन्स सेवा संचालनमा ल्याएको गाउपालिकाका अध्यक्ष गोविन्द वहादुर मल्लले बताउनुभयो । गाउँपालिकामा एम्बुलेन्स सेवा अति आबश्यक रहेको छ । गाउँपालिका भित्रका स्थानीय र बाजुराको छिमेकी जिल्ला हुम्ला मुगुका स्थानीय तहका बिरामीहरुलाई सहज ढङ्गले एम्बुलेन्स सेवा उपलब्ध गराउने उद्धेश्यले गाउँपालिकाले आफ्नै एम्बुलेन्स सेवा संचानमा ल्याएको मल्लले नमस्ते कर्णाली पत्रिकालाइ बताउनुभयो ।

  • २६ मंसिर २०७७, शुक्रबार १४:१७ प्रकाशित

  • Nabintech