डुबानबाट धान खेती नष्ट, क्षतिबारे वडाले शुरू गर्यो अनुगमन

डुबानले धान खेतमा पुर्याएको क्षतिबारे वडा कार्यालयले अनुगमन र तथ्याङ्क सङ्कलन गर्ने ।


  • नमस्ते कर्णाली

  • अविरल वर्षासँगै डुबानमा परेर बाँकेको कोहलपुर नगरपालिका वडा नं ३ मा करिब एक सय पचास बिगाहा भन्दा बढी धान खेत नष्ट
    गरेको छ । कोहलपुर नगरपालिका वडा नं ३ मा के कति क्षति पुर्याएको छ भनेर क्षेतीको अबस्था बुझ्न डुबान क्षेत्रमा गएको वडा अध्यक्ष माधव रिजालले नमस्ते कर्णालीलाई जानकारी दिए । डुबानले धान खेतमा पुर्याएको क्षतिबारे वडा कार्यालयले अनुगमन र तथ्याङ्क सङ्कलन गर्ने बताए।
    क्षतिको विवरण सङ्कलन कहीदिनमा हुने र क्षतिको विवरण सङ्कलन भएपछि किसानलाई राहतका लागि एउटा ठोस निणर्य गर्ने वडा अध्यक्ष रिजाले जानकारी दिए । साथै आज ढुबानको अबस्था र केहि किसान संग क्षेतिको बारे बुझ्न डुबान क्षेत्रमा गएकोे बताए।


    कोहलपुर नगरपालिका वडा नं ३ का बदला थारुले यस वर्ष समयमा नै पानी परेकाले खुसी हुँदै असारको पहिलो सातामा नै धान रोपे । अघिल्लो वर्ष पानी नपर्दा साउनको पहिलो सातामा मात्र रोपाइँ भएको थियो । यस वर्ष समयमा नै पानी परेकामा खुसी भएका चौधरी धेरै पानी परेर धान खेती डुबेपछि अहिले निराश छन । १० कट्ठा भन्दा बढीमा लगाएको धान आधा भन्दा धेरै डुबेको दुखेसो गरे ।

  • ३ कार्तिक २०७८, बुधबार १२:३० प्रकाशित

  • Nabintech