बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३१ जना बेपत्ता

  • नमस्ते कर्णाली

  • वर्षापछि आएको बाढी पहिरोले देशका विभिन्न ठाँउमा बुधबार मध्याह्नसम्म ४८ जनाले ज्यान गुमाएका छन् ।
    देशका विभिन्न जिल्लामा ३१ जना वेपत्ता भएका छन् । गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी इलाममा ११ र डोटीमा नौजना छन् । यी दुबै जिल्लामा पहिराले मानवीय क्षति गराएको हो । त्यसपछि पहिरामा परी हुम्ला, धनकुटा र पाँचथरमा छ÷छजनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । यस्तै बैतडीमा चार, कालीकोटमा एक, डडेलधुरामा एक, प्यूठानमा एक, सुनसरीमा दुई र उदयपुरमा एकजनाको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

    पहिरामा परेर सबैभन्दा बढी बझाङमा २३ जना बेपत्ता भएका छन् । यस्तै डोटीमा एक, प्यूठानमा दुई, इलाममा पाँचजना बेपत्ता छन् । विभिन्न जिल्लामा अहिलेसम्म २३ जना घाइते भएका छन् । असोज ३१ गतेदेखि मुलुकका विभिन्न क्षेत्रमा पानी पार्ने प्रणाली सक्रिय भएको थियो ।

    यो क्रम बुधबार पनि जारी छ । हराएकाहरुको खोजी र फसेकाहरुको उद्धार कार्य जारी रहेको गृहमन्त्रालयले जनाएको छ ।

  • ३ कार्तिक २०७८, बुधबार १५:०० प्रकाशित

  • Nabintech