मुगुमा गोली लागेर एक बालकको मृत्यु

  • नमस्ते कर्णाली

  • मुगुको खत्याड गाउँपालिकामा गोली लागेर एक बालकको मृत्यु भएको छ ।  खत्याड- १० डुमेना गाउँमा आज दिउँसो १२ बजे बालकको मृत्यु भएको खत्याड –८ सुकाढिकमा रहेको प्रहरी चौकीले जानकारी दिएको छ।

    प्रहरीका अनुसार, घरमा राखेको भरुवा बन्दुक स्थानीय १३ वर्षीय बालक तिर्थ रावल र गोर्ख रोकायाले खेलाउँदा खेलाउँदै गोली चल्दा डुमेनाका अमर सिंह रावलका ९ वर्षीय छोरा विकास रावलको मृत्यु भएको हो ।

    उक्त बन्दुकसहित आमाबुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

    From karnali khabar

  • ६ कार्तिक २०७८, शनिबार १६:३३ प्रकाशित

  • Nabintech