सरस्वती सामुदायिक वन उपभोक्ता द्धारा वन अधिकृत कडेँललाई स्वागत

  • नमस्ते कर्णाली

  • सरस्वती सामुदायिक वन उपभोक्ता समुह कोहलपुर, बाँकेको आयोजनामा डिभिजन वन कार्यालय नेपालगञ्ज,बाँकेमा सरुवा भई आएका वन अधिकृत दधिलाल कडेँल लाई स्वागत तथा परिचयात्मक कार्यक्रम मंगलबार एक कार्याक्रमका बिच सम्पन्न गरेको छ ।
    सरस्वती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नर बहादुर मल्लको अध्यक्षता एवं वन अधिकृत दधिलाल कडेँलको प्रमुख आतिथ्यता र डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत गणेश बहादुर खड्काको बिशेष आतिथ्यता रहेको थियो । सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि कडेँलले वन संरक्षणको लागी सबै मिलेर अगाडी बड्नु पर्ने बताउदै वन क्षेत्रको ब्यबस्थापन गर्न चुनौती भएपनि सबैको हातेमालोबाट वन क्षेत्र ब्यस्थीत गर्न सकिने बताए । साथै सरस्वती सामुदायिक वन उपभोक्ता समुहको लागी केहि समस्या भएमा डिभिजन वन कार्यालयले सहयोग गर्न तयार रहेको बताए ।

    कार्यक्रममा बोल्दै सरस्वती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नर बहादुर मल्लले अधिकृत कडेँललाई स्वागत गर्न पाउदा खुसि लागेको बताए । साथै उपभोक्तालाई आर्थिक उन्नती गर्नको लागी बिभिन्न आयमुलक कार्यहरु गर्ने बताए । वन क्षेत्रमा रक्त चन्दन श्रखण्ड लगाएतका बिरुवाहरु लगाउनको लागी प्रस्ताब अगाडी बढाईको बताए । यसको लागी डिभिजन वन कार्यालय बाँकेले आबश्यक सहयोग तथा सहजिकरण गरिदिन अनुरोध समेत गरे । कार्याक्रममा सव डिभिजन वन कार्यालय कोहलपुरका प्रमुख राजेन्द्र तिमिल्सेना, सव डिभिजन वन कार्यालयका रेन्जर मान बहादुर थापा, सल्लाकार गौरीकान्त आर्चाय,कार्यसमितिका पदाधिकारी,सल्लाकार,उपसमितिका अध्यक्ष, उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।

     

  • ९ कार्तिक २०७८, मंगलवार १२:४२ प्रकाशित

  • Nabintech