कोहलपुरबाट भ्रमण हिडेको बस चितवनमा दुर्घटना हुदा ४६ जना यात्रु घाइते

  • नमस्ते कर्णाली

  • कोहलपुरबाट चितवन सौराहा जाँदै गरेको बस नारायणगढको सडक छेउको घोलमा खसेको र ४६ जना यात्रु घाईते भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

    सौराहा घुम्न आएका यात्रु बोकेको भे२ख २८३६ नम्बरको रिजर्भ बस आज बुधबार बिहान करिब साढे ८ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ लायन्सचोकमा रहेको घोलमा खसेको हो ।

    बसका चालकसहित बसमा सवार ४६ जना यात्रु सामान्य घाइते भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रघुसिंह विष्टले जानकारी दिए ।

    चालक पनि सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ । उनलाई च्यापिएको अवस्थामा प्रहरीले उद्दार गरेको हो ।’बसका चालक रमेशकुमार कर्णले मापसे गरेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

  • २४ कार्तिक २०७८, बुधबार १३:४६ प्रकाशित

  • Nabintech