नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितिको अध्यक्षमा अबराज खडका

  • नमस्ते कर्णाली

  • नेकपा माओवादी केन्द्र कोहलपुर नगरपालिकाको दोस्रो सम्मेलन आईतबार सम्पन्न भएको छ । सम्मेलनबाट कोहलपुर नगर समितिको अध्यक्षमा अवराज खड्का चयन हुनुभएको छ । आईतबार सम्पन्न माओवादी केन्द्रको दोस्रो नगरसभाले खड्काको नेतृत्वमा ६२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
    कमिटीको उपाध्यक्षमा बल बहादुर खड्का, सावित्रा पुन, कृष्ण बहादुर थारु, सचिवमा दान बहादुर ओली, सहसचिवमा अर्जुन पौडेल तथा कोषाध्यक्षमा सुरज जागा चयन भएको नेकपा नेकपा माओवादी केन्द्र कोहलपुरले जानकारी दिएको छ ।

     

  • १३ मंसिर २०७८, सोमबार ०८:३८ प्रकाशित

  • Nabintech