नेकपा माओवादी केन्द्र अदानचुलीको अध्यक्षमा हरिदल पुन चयन

  • नमस्ते कर्णाली

  • नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र अदानचुली गाउ कमिटीको दोस्रो गाउँ अधिबेशन आईतबार सम्पन्न भएको छ ।
    सम्मेलनबाट अदानचुली गाउँ कमिटिको अध्यक्षमा हरिदल पुन चयन हुनुभएको छ । आईतबार सम्पन्न माओवादी केन्द्रको दोस्रो गाउँ सभाले सभाले पुनको नेतृत्वमा ५५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
    डबल बहादुर बुढा, अनिता बुमी र दिर्ग सिंह गाउँ कमीटी उपाअध्यमा चयन भएका छन ।यस्तै डिल बहादुर फडेरा सचिव र अक महतारा सह सचिव तथा नैनसिंह परियार कोष अध्यक्षमा सर्वसहमत चयन हुनु भएको हो ।
    शनिवार उद्धघाटन गरेको माओबादीले आज बन्द सत्रबाट नया नेतृत्व चयन गरेको हो । माओवादी केन्द्र अदानचुली गाउ कमिटीका निर्वाचन संयोजक डबल रोकायाको संयोजक्त्वमा, पार्टी जिल्ला समन्वय समिती संयोजक लालकेश जैसीको प्रमुख आथित्य र कर्णाली प्रदेश सदस्य   तथा अदानचुली गाउँपालिका इन्चार्ज रणसि‌ंह परियारकाे  बिषेश आथित्यमा बन्द सत्र बसी नयाँ कमिटी चयन गरिएको बताइएको छ ।

     

     

  • १३ मंसिर २०७८, सोमबार ०९:१५ प्रकाशित

  • Nabintech