बाजुरामा ट्रक दुर्घटना हुदा दुई जनाको मृत्यु

  • नमस्ते कर्णाली

  • बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका–६ काब्डीमा रहेको गर्जेगाड भिरबाट आज बिहान करिब ५ बजे ट्रक खस्दा दुईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता रन्दिप साउदले नमस्ते कर्णाली पत्रिकालाई जानकारी दिए । मृत्यु हुनेमा बाँकेका ४२ वर्षीय मोहन जोशी र ताजाकोट गाउँपालिका–३ का विपी शाही रहेको प्रहरी जानकारी दिएको छ ।
    नेपालगञ्जबाट हुम्लाका लागि हिँडेको भे १ ख ३४६८ नम्बरको मालबाहक ट्रक भीरबाट करिब ५०० मिटर तल खसेको हो । गाडी चालक र सहचालकको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

  • २३ मंसिर २०७८, बिहीबार २१:१४ प्रकाशित

  • Nabintech