बाजुराको हिमाली गाउपालिका द्वारा आगलागी पिडितलाई राहत वितरण

  • नमस्ते कर्णाली

  • बाजुरा जिल्लाको हिमाली गाउँपालिकाले आगलागि पीडितलाई शुकवार एक कार्याक्रमका बिच राहत वितरण गरेको छ । हिमाली गाउँपालिका–५ नन्दपाटा बस्ने बिर्ख सार्कीको घर आगलागीबाट पुर्ण रुपमा क्षति भएको थियो । सोहि परिवारलाई गाउँपालिकाले राहत बितरण गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले जानकरारी दिए ।
    खाद्यान्न , लुगा कपडा , खाना पकाउने भाडा लगायतका सामग्री सहयोग गरेको र आवश्यकता अनुसार थप सहयोग गाउँपालिकाबाट गरिने गाँउपालिकाले जानकारी दिएको छ । घर निर्माणको लागि जिल्ला प्रशासन कार्यालय बाजुरा र पुन निर्माण प्राधिकरण सग समन्वय गरिएसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिए । आगलागी बाट घरमा भएको सबै खाद्यान्न लुगाफाटो जलेर नस्ट भएको पिडितले बताए ।

  • २४ मंसिर २०७८, शुक्रबार १९:३१ प्रकाशित

  • Nabintech