नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेको सचिबमा बाबुराम अधिकारी

  • अशोक भण्डारी

  • नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेको १३औं अधिवेसनबाट बाबुराम अधिकारी, सचिबमा निर्वाचित हुुनु भएको छ । रेखा धिताल डिसीको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित भएको हो । नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेमा पहिलो पटक महिला अध्यक्षमा निर्वाचित हुुन भएको हो ।
    नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेको अधिवेसन २४ गते जिल्ला समन्वय समितिको हलमा उदघाटन भएको थियो । सर्वसम्मत रुपमा निर्वाचित गराउनका लागि शिक्षक नेताहरुले दिन भरको पहल रहेको थियो ।
    नव निर्वाचित कार्यसमितिमा अध्यक्षमा रेखा धिताल डिसी उपाध्यक्षमा दिलबहादुर खत्री, महिला उपाध्यक्षमा इन्दिरा गौतम, सचिबमा बाबुराम अधिकारी, सहसचिबमा लक्ष्मण आचार्य सहकोषाध्यक्षमा तारा न्यौपाने सर्वसम्मत रुपमा निर्वाचित हुनु भएको छ ।

  • २५ मंसिर २०७८, शनिबार २३:१३ प्रकाशित

  • Nabintech