हुम्लामा बेपत्ता पारीएका चन्द्रे कामी भेटिए

  • नमस्ते कर्णाली

  • हुम्लामा अन्तरजातको युवतीसँग विवाह गरेर बेपत्ता पारीएका युवक आज प्रहरीको सम्पर्कमा आएका छन् । दलित युवकले मल्ल थरको युवतीलाई विवाह गरेका कारण माइती पक्षद्धारा निर्घात रुपमा कुटपिट गर्दै अपहरण गरी बेपत्ता पारेका थिए ।
    अन्तरजातीय युवतीसँग विवाह गरी युवक बेपत्ता पारेको घट्ना प्रहरीमा पुगेपछि जिल्ला प्रहरी कार्यालय हुम्लाले आफ्ना माताहतका प्रहरी चौकीलाई खोजी कार्य तीब्र पार्न निदेर्शन दिएको थियो । प्रहरीले खोजी तीब्र पारेपछि बुधबार विहान खार्पुनाथ प्रहरी चौकीले बेपत्ता पारीएका युवकलाई भेटाएको जिल्ला प्रहरी कार्यालय हुम्लाका निरीक्षक दानसिंह भण्डारीले बताए ।
    बाटोमा हिदै गरेको क्रममा खार्पु प्रहरी चौकीका सुरक्षाकर्मीले भेटाएको निरीक्षक भण्डारीले बताउनुभयो । बेपत्ता पारीएका युवक अहिले प्रहरीको सम्पर्कमा रहेका छन् ।
    सर्केगाड गाउँपालिका वडा १ को जैर गाउँका १९ वर्षिय चन्द्रे कामीले मुगु जिल्ला सोरु गाउँपालिका वडा ४ को लिप्रु गाउँकी १९ वर्षिया सुन्तली मल्लसँग अन्तर जातीय विवाह गरेकै कारण युवती पक्षका माइतीहरुले युवक पक्षीय कामीलाई निद्र्दात कुटपिट गर्नुका साथै बेपत्ता पारेका थिए ।

    युवा युवतीको मन मिलेर गत मङ्सिर ५ गते मल्लको घरबाटै भागी विवाह गरेका हुन् । माइती पक्षले तल्लो जातको सँग विवाह गरेको झोकमा युवती पक्षका करीब २० जनासम्मको समुहले मङ्सिर २९ गते बुधबार रातीको समयमा जैरका गाउँका अन्य छिमेकीका घरहरुमा ताला लगाई चन्द्रेको घरको ढोका, झ्याल र छतको दाँतीहरु फाल्दै घरपरिवारलाई निर्घात रुपमा कुटपिट गरेका थिए ।

  • ७ पुष २०७८, बुधबार १०:२६ प्रकाशित

  • Nabintech