भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाका मृत्यु तीन जना गम्भीर

  • नमस्ते कर्णाली

  • बाँके नेपालगञ्जमा रहेको भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको ज्यान गएको छ । अस्पतालको क्वाटरमा रातको समयमा मकल बालेर सुतेका कार्यालय सहयोगी धर्मप्रसाद भट्टराई र उहाँका परिवारका तीन सदस्यको ज्यान गएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो ।

    ज्यान गुमाउनेमा कालीकोटको खाँडाचक्र नगरपालिका–४ घर भएका धर्मप्रसाद भट्टराई, उहाँका तीन महिनाका छोरा इप्सन, धर्मप्रसादकी आमा कोकिला र बहिनी कोली भट्टराई रहेका प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनुभयो ।

    घटनाबारे थप विवरण आउन बाँकी छ ।

  • १५ पुष २०७८, बिहीबार १०:२० प्रकाशित

  • Nabintech