अदानचुलीमा ओली पक्षको कार्यकर्ता भेला सम्पन्न

  • नमस्ते कर्णाली

  • हुम्ला जिल्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समुहको कार्यकर्ता भेला सम्पन्न भएको छ । बुधबारबाट ताँजाकोटबाट कार्यकर्ता भेला शुरु गरेको नेकपाले बिहिबार भव्यताका साथ अदानचुलीमा कार्यक्रम सञ्चालन गरेको नमस्ते कणाली पत्रिकालाई जानकारी प्राप्त भएको छ । अदानचुलीमा भएको आजको कार्यक्रमलाई सम्बोधन गर्दै अधिकांस बक्ताहरुले नेपाल कम्युनष्टि पार्टी नेकपा नै आधिकारीक पार्टी भएको र प्रधानमन्त्री केपी शर्मा ओली तथा पार्टी अध्यक्ष शर्माकै पक्षमा हुने बताएका थिए । सर्बोच्चले पार्टीको नाम र सुर्य चिन्ह प्रधानमन्त्री ओलीकै पक्षमा फैसला गर्ने केन्द्रिय सदस्य बोगटीले बताउनु भयो ।
    नेकपाको ओली समूहका केन्द्रीय सदस्य नेता बोगटीले प्रतिनिधिसभा पुनःस्थापना नहुने र सूर्य चिह्न आफूहरूले पाउने दाबी समेत गर्नु भएको छ । आमसभा कार्यक्रममा कर्णाली प्रदेशका अध्यक्ष तथा केन्द्रिय सदस्य गोरख बोगटी, अदानचुली गाउँपालिका अध्यक्ष तथा केन्द्रिय सदस्य दल फडेरा, प्रदेश कमिटी सदस्य तथा दलित आयोग सदस्य मेल बहादुर पार्की, खार्पुनाथ गाउँपालिका उपाध्यक्ष तथा केन्द्रिय सदस्य रुपा शाही, कमल बोहरा, बुध भण्डारी,गोविन्द शाही, नवराज महतारा लगायतका नेताले आजको कार्यक्रमलाई सम्बोधन गरेको गर्नु भएको छ । यस्तै चंखेली गाउँपालिका र २७ गते सर्केगाड गाउँपालिकामा बृहत आमसभा तथा कार्यकर्ता भेटघाट हुने बताईएको छ ।

  • २३ पुष २०७७, बिहीबार १८:५८ प्रकाशित

  • Nabintech