हुम्लामा प्रचण्ड–नेपाल समुहले संविधान र विरोधपत्र बुझाए संगै विरोध सभाको घोषणा

हुम्लामा(प्रचण्ड–नेपाल समुह नेकपाले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई विरोधपत्र र संविधानको प्रति पठाएका हो ।


  • नमस्ते कर्णाली

  • हुम्लामा(प्रचण्ड–नेपाल समुह नेकपाले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई विरोधपत्र र संविधानको प्रति पठाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली चालिएको असंवैधानिक अलोकतान्त्रिक विरुद्ध प्रचण्ड नेपाल समुहले विरोध पत्र र संविधान हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीममार्फत बुझाएको नेपाल कम्युनिष्ट नेकपा हुम्लाका अध्यक्ष लालकेश जैसीले नमस्ते कर्णाली पत्रिकालाई जानकारी दिनुभयो । प्रचण्ड नेपाल समुहले हुम्ला जिल्लामा आन्दोलनको घोषणको कार्यक्रम समेत गर्ने भएको छ । माघ २ गते प्रत्येक गाउँपालिका केन्द्रमा विरोध र प्रर्दशन तथा आम सभा गर्ने समेत निर्णय भएको अध्यक्ष जैसीले बताउनु भयो । हुम्लाका सातै गाउँपालिका आन्दोलका लागि जिम्मेवारी समेत बाँडफाँड गरेको नेकपाले जानकारी दिएको छ । जसमा ताँजाकोट गाउँपालिकामा रणसिहं परियार,गोपाल बुढा,हरिदत्त जैसी, मंगल नेपाली नरदिप थापा र मदन परियार जिम्मा दिएको छ । भने अदानचुली गाउँपालिकामा कलबहादुर हमाल,हस्तबहादुर शाही,सौमति ऐडी, दलु फडेरा,कर्ण रोकाया र विष्णु बुढा जिम्मा रहेको  छ । यस्तै चंखेली गाउँपालिका गोबिन्दबहादुर शाही,भार्मल बुढा,धनलाल चौलागाई , लक्ष्मी बुढा र उद्धिम भण्डारीको रहेको छन । भने सर्केगार्ड गाउँपालिकामा ग्यामी बुमि,चन्द्रसिह कार्की,कृष्ण रोकाया छवी थापा र जोसी धामीलाई जिम्मा बाडफाँट गरेको छ । यस्तै खार्पुनाथ गाउँपालिकामा लोकबहादुर हमाल, गणेश रावल र प्रेम बुढाको जिम्मा रहेको छ । सिमकोट गाउँपालिकामा विजय भण्डारी,लालकेश जैसी,शिवराव शर्मा,महेन्द्रबहादुर शाही,तिर्थराज रोकाया, र डबल रावतको जिम्मा बाडेको छ । यस्तै नाम्खा गाउँपालिकामा डाब्ला लामा,विष्णुबहादुर लामा नोरजाङ तामाङ र छेपाल लामालाई जिम्मेबारी दिएको नमस्ते कर्णाली पत्रिकालाई जानकारी प्राप्त भएको छ । माघ ६ गते जिल्ला सदरमुकाम सिमकोट वहृत अगुवा कार्यकर्ता भेला हुने नेकपा जिल्ला कमिटी सदस्य पुर्ण ढकालले बताउनु भयो । वृहत अगुवा भेलामा नेकपा स्थायी कमिटि सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्मा प्रभाकर, पार्टी केन्द्रिय सदस्य निरज आर्चाय,प्रदेश कमिटिका सदस्य तथा प्रतिनीधि सभाका सदस्य छक्कबहादुर लामा,प्रदेश कमिटि सदस्य तथा पूर्व संविधान सभा सदस्य छिमी दोर्जी लामा उपस्थित हुने बताईएको छ ।

  • २४ पुष २०७७, शुक्रबार १९:२८ प्रकाशित

  • Nabintech