पश्चिमेली प्रादेशिक एकता समाज सञ्जाल तथा कर्णाली एकता समाजको आयोजनामा श्रद्धाञ्जली सभा

  • नमस्ते कर्णाली

  • कर्णाली सेवा समाजका सचिब स्वर्गीय विर्ख बहादुर रोकायाको १३ औं पुण्य तिथिको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । पश्चिमेली प्रादेशिक एकता समाज सञ्जाल तथा कर्णाली एकता समाजको संयूक्त आयोजनामा कोहलपुुर २ बर्दहवामा श्रद्धाञ्जली सभा गरेको हो ।
    पश्चिमेली प्रादेशिक एकता समाज सञ्जालका अध्यक्ष नर बहादुुर मल्लको अध्यक्षता तथा कर्णाली प्रदेशका सांसद पदम बहादुुर रोकायाको प्रमुख आतिथ्यतामा सो सभा सम्पन्न भएको थियो । श्रद्धाञ्जली सभा कार्यक्रममा बोल्ने बक्ताहरुले रोकायाले पुर्याएको योगदान तथा उनको त्यागको वारेमा चर्चापरिर्चा गरिएको थियो ।

    कार्यक्रममा सिंजा गाउँपालिका जुुम्लाका अध्यक्ष देवल सिंह रावल, कर्णाली सेवा समाजका का.वा अध्यक्ष गौरीकान्त आचार्य, कर्णाली सेवा समाजका उपाध्यक्ष तथा समाजसेवि जयहरी आचार्य,लगायतले श्रद्धाञ्जली मन्तब्य व्यक्त गर्नुु भएको थियो । श्रद्धाञ्जली सभामा बोल्ने बक्ताले रोकायाले गरेको समाज सेवा तथा शिक्षमा पुु¥याएको योगदानको स्मरण गर्नुु भएको थियो । साथै कार्याक्रममा पश्चिमेली प्रादेशिक एकता समाज सञ्जालका अध्यक्ष नर बहादुुर मल्लले रोकायाको बिचारको, उच्च सम्मान गर्नूु पर्ने र आफ्नो सेवा समाजले कार्यान्वयन गर्नेे धारणा राख्नुु भयो । श्रद्धाञ्जली सभामा कार्याक्रमा सिंजा गाउँपालिका जुुम्लाका अध्यक्ष देवल सिंह रावलले स्वर्गीय विर्ख बहादुर रोकायाको नाममा पश्चिमेली प्रादेशिक एकता समाज सञ्जाल तथा कर्णाली एकता समाजलाई रु२५००० हजार रुपैया प्रधान गर्नु भएको सञ्जालका अध्यक्ष मल्लले जानकारी दिनुु भयो ।साथै कार्याक्रमको संचालन कर्णाली एकता समाजका महा–सचिब उमानन्द उपाध्यायले गर्नु भएको थियो ।

  • २५ पुष २०७७, शनिबार १७:१८ प्रकाशित

  • Nabintech