कोहलपुर वडा नं ३ ले भुुमि सम्बन्धी लगत फारम संकलन गर्दै

माघ १३ गते बसेको सर्वपक्षीय बैठकले १० दिन भित्र अव्यवस्थीत बसोबास,भुुमिहिन,दलित,शुुकुम्वासीका लागि लागत संगलन गर्ने निर्णय गरेको छ ।


  • अशोक भण्डारी

  • कोहलपुर नगरपालिका वडा नं ३ ले माघ १४ गतेबाट अव्यवस्थीत बसोबास,भुुमिहिन,दलित,शुुकुम्वासीको लगत संकलन गर्ने भएको छ । मंगलबार बसेको सर्बपक्षिय बैठकले १० दिन भित्र लागत संकलन गर्ने निर्णय गरेको वडा स्तरीय भुुमि सम्बन्धी समस्या समधान सहजिकरण समितिका अध्यक्ष तथा कोहलपुर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष माधव रिजालले नमस्ते कर्णाली पत्रिकालाई जानकारी दिनुु भयो । यहाँका अनुुसार भुुमि सम्बन्धी समस्या समधान आयोगले भुमि सम्बन्धी समस्या समधान गर्न २०७७ माघ ९ गते प्रकाशित ३५ दिने सुुचना अनुुसार कोहलपुुर नगरपालिका वडा नं ३ ले आफ्नो वडामा रहेको भुुमि सम्बन्धी लगत फारम संकलन गर्न वृहत छलफल गरिएको र वडा नं ३ स्थीत रहेका अव्यवस्थीत बसोबास,भुुमिहिन,दलित,शुुकुम्वासी लाई सहज बनाउन स्थानीय स्तरमा सुुचना सुुचित गरिएको जानकारी दिनुुभयो ।

    साथै वडामा वाहालविटौरी कर तिर्न छुुटेकाहरुका लागी ७ दिन भित्र वडा कार्यालयमा गएर कर तिर्न समेत जानकारी गरिएको छ । साथै सो छलफलमा कोहलपुुर नगरपालिका वडा नं ३ मा रहेको बाटोको अबस्था भौगोलिक अबस्था अनुुसार हेरबिचार गरेर नेपाल सरकारले तोकेको मापदण्ड अनुुसार निर्धारण गर्ने निर्णय गरेको छ । वडामा रहेका सम्पुुर्ण टोलकामा घर नम्वर दिने समेत निर्णय गरेको छ । माघ १४ गते पशुुपतिनगर,माघ १५ गते शान्तिनगर टोल,माघ १६ गते विकासनगर, त्यस्तै क्रमश मैटहवा,पुुरैनी,जनमुुखि टोल,मदनचोक,शुुन्दरनगर,पकरिया,डाँगी टोल,बैकुुण्ड नगरमा लगत संकलन गरिने अध्यक्ष रिजालले जानकारी दिनुु भयो ।

     

  • १३ माघ २०७७, मंगलवार २०:०१ प्रकाशित

  • Nabintech