अभिभावकको रोजाई ज्ञानकुुञ्ज ई.मि स्कुुल— संस्थापक कार्की

  • नमस्ते कर्णाली

  • बाँकेको कोहलपुर चप्परगौडीमा रहेको ज्ञानकुुञ्ज ई.मि स्कुुल स्थापना देखि गुुणस्तरीय शिक्षा दिदै आईरेहको छ । स्थापना देखि हाल सम्म निरन्तर रुपमा गुुणस्तरीय शिक्षा प्रधान गर्दै आईरहेको बारे ज्ञानकुुञ्ज ई.मि स्कुुलका संस्थापक महेन्द्र कार्किले नमस्ते कर्णाली पत्रिका लाई दिएको संछिप्त कुुराकानी ।
    तपाई शिक्षा क्षेत्रमा कहिले देखि प्रवेश गर्नुुभएको हो ?
    शिक्षा नै समाज विकासको निम्ति मुख्य मेरुदण्ड हो भन्ने महान अभिलाषाका साथ शिक्षाको माध्यमबाट नै मानिसको चेतनाको विकास गराई समाज रुपान्तरण तथा समग्र राष्ट्रमा विकासको लहर सम्भव छ भन्ने सोचाई लिएर बिगत १० बर्ष देखि देखि बिद्यालय क्षेत्रमा हालसम्म निरन्तर रुपमा यस क्षेत्रमा कटिवद्ध भएर म अगाडि बढी रहेको छुु ।

    तपाईको शिक्षा क्षेत्रमा भएको योगदान कस्तो रह्यो ?
    शिक्षा क्षेत्रमा मैले के योगदान गरेंं भनेर म आफैंले भन्नुु त्यति उपयुक्त नहोला । किनकि म शिक्षा क्षेत्रमा लागेको १० बर्ष मात्र भएको छ र यो कुरा त हाम्रा अभिभावक, वुुद्धिजिवी एवं चेतनशिल नागरिक र हाम्रो शिक्षा क्षेत्रमा अघि बढेका आदरणीय सरहरुले भन्नुु होला ।
    विद्यालय प्रति हाम्रा सबै अभिभावकहरु सन्तुष्ट र सकारात्मक हुनुहुन्छ । ऊहाँहरुको त्यो सफलता यसै विद्यालयको जगमा तयार भएको हो । एउटा शिक्षा प्रदायकको हैसियतले विचार गर्दा मेरो र हाम्रो संस्थाको सफलता र योगदानको रुपमा यसैलाई नै लिनुपर्छ भन्ने लाग्छ । म पहिले देखिनै शिक्षा क्षेत्रमा केहि गर्नू पर्छ भन्ने मान्यताका साथ लागेको मान्छे त्यसैले मेरो लागी गुुणस्तरीय शिक्षा मेरो लागी पहिलो प्रथामिकता हो ।

    ज्ञानकुुञ्ज ई.मि स्कुुल कस्तो स्कुुल हो ? शिक्षा प्रदायक अन्य निजी शैक्षिक संस्थाहरु मध्ये तपाईहरुको अवस्था कस्तो छ ?

    ज्ञानकुुञ्ज ई.मि स्कुुल एउटा लामो इतिहास बोकेको स्कुुल हैन तर केहि गर्नु पर्छ भन्ने मान्यताका साथ अघि बढेको बिद्यालय हो । यो स्कुुल कोहलपुुर वडा नं ११, चप्परगौडीमा अवस्थित छ । यस विद्यालयले दक्ष र अनुुभवी दक्ष शिक्षक शिक्षिकाहरुको माध्यमबाट मनोवैज्ञानिक एवंं मन्टेश्वरी विधिबाट अध्ययन÷अध्यापन गराउँदै आएको छ । निरन्तर Motivation & Counseling  को माध्यमबाट गुुणस्तरीय शिक्षा प्रदान गर्दै यो क्षेत्रको मोडल (नमुना) स्कुलको रुपमा स्थापित हुन सफल भएको छ ।

    यस विद्यालयले विद्यार्थीहरुको पठनपाठनको अतिरिक्त उनीहरुमा लुुकेर बसेको अन्तरनिहित प्रतिभाको चौतर्फी विकासमा समेत विशेष जोड दिँदै आएको छ । त्यसैलाई मध्यनजर गर्दै विद्यालयले Arts,Handwriting,Dance,Music,Sports,Yoga,& Meditation, आदि संंचालन गर्दै आइरहेको छ ।

    निजी शैक्षिक संस्थाहरुको अहिलेको अवस्था र यस क्षेत्रका चुुनौती तथा कठिनाइहरु सम्बन्धमा तपाईंको अनुुभव वारे केही प्रष्ट्याई दिनुुहोस् न ?
    नेपालमा साधारणतया अहिले दुुई किसिमको शिक्षा प्रणाली सञ्चालनमा रहेको अवस्था छ । एकातिर सरकारको लगानीमा सञ्चालित शैक्षिक संस्थाहरु छन् भने अर्कोतिर निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्थाहरु छन् । वास्तवमा तत्कालिन अवस्थालाई नियाल्दा विद्यार्थीहरुको आकर्षण र चाप निजी क्षेत्रमा दिनानुुदिन बढ्दै गएको सबैलाई अवगत नै छ । शैक्षिक नतिजाको मुुल्याङ्कन गर्दा पनि निजी क्षेत्रको योगदान निकै महत्वपूर्ण समेत छ । यद्यपि यस क्षेत्रमा चुुनौती पनि नभएका होइनन् । मुुख्य चुुनौती भनेको चाहिँ राज्यले शिक्षा क्षेत्रको निजी लगानी, प्रदान गरेको सेवा र योगदानलाई भन्दा पनि केवल व्यापारिक नजरले मात्र हेरिनु एक हो

    शिक्षा अहिलेको सन्दर्भमा कस्तो हुुनुुपर्छ ?
    आजको युुगमा शिक्षा वैज्ञानिक, व्यवहारिक, सर्वसुुलभ एवं विद्यार्थीहरुको मनोभावना ,रुचि र भविष्य लक्षित हुुनुुपर्छ ।

    अन्त्यमा, तपाईले भन्नुुपर्ने अन्य कुुराहरु पनि केही छन् कि ?
    राज्य, शिक्षाप्रेमीहरु, वुुद्धिजिवि एवंं अभिभावकज्यूूहरुले निजी शैक्षिक संंस्थाहरुलाई केवल आयमूलक पक्षबाट मात्र नहेरी समग्र राष्ट्र निर्माणमा खेलेको भूमीकाबाट समेत हेर्नु जरुरी रहन्छ । यसका सकरात्मक पक्षबाट पनि हेरिनुु पर्दछ । राज्यको लगानी बिना नै सञ्चालन गरिएका शैक्षिक कार्यक्रम र यसको प्रतिफललाई मुुल्याङ्कन गर्नु नितान्त आवश्यक छ । राष्ट्रले राष्ट्रिय पाठ्यक्रम, राष्ट्रिय परिक्षा र राष्ट्रिय अनुुगमन बाहेक अन्य क्रियाकलापमा निजी क्षेत्रका शैक्षिक संंस्थाहरुलाई स्वतन्त्रता प्रदान गरेमा अवश्य पनि अझ गुुणस्तरिय र सर्वसुुलभ शिक्षा प्रदान गरी राष्ट्रलाई विकास र समृद्धिको उचाईमा पु्र्याउन सक्नेछौंं ।

     

  • १७ माघ २०७७, शनिबार १८:३४ प्रकाशित

  • Nabintech