योगदान राष्ट्रको लागि बाँकेको अध्यक्षमा :- कुँवर

  • नमस्ते कर्णाली

  • स्वास्थ्यसेवामा योगदान गर्ने, प्राथमिक उपचार, सरसफाइ, जनचेतना तालिम तथा सेवा प्रदायक कार्यक्रम गर्ने उदेश्यकासाथ गठित योगदान राष्टकालागी जिल्ला कार्य समिति बाँकेले पूर्णता पाएको छ । योगदान राष्ट्रको लागि बाँकेको अध्यक्षमा प्रकाश कुँवर चयन हुनु भएको छ, कुँवरकोअध्यक्षतामा २१कार्यसमिति र जम्मा ३० जना सदस्यीय जिल्ला कमिटी चयन गरिएको छ । समितिको उपाध्यक्ष सुवहान अलि हल्वाइ ,शाहिल अंसारी सचिव सह–सचिव रोमा चौधरी,दिपक खड्का कोषाध्यक्ष अंकित श्रीवास्तब चयन हुनुभएको छ । पुनर्गठीत जिल्लाकार्य समितिका पदाधिकारी तथा सदस्यलाई आज प्रमाणपत्र समेत बितरण गरिएको अध्यक्ष कुँवरले वताएका छन । यस्ले दैविक प्रकोप नियन्त्रण, आगजनी, वाढीपहिरो, आकष्मिक दुर्घटनावाट बच्ने तालिम सञ्चालन सुविधासम्पन्न एम्वुलेन्स सञ्चालन र सम्भावीत भवितब्य सँग जोडिएको हुदा अझै दक्ष जनशत्ति तयारीको काम गदै आउने अध्यक्ष कुँवरले दावी गर्नु भएको थियो । समाज,देश र राष्ट्रको लागि योगदान राष्ट्रको लागि संस्थाले गहन भुमिका र आमूल परिवर्तन ,ल्याउने र एउटा सभ्य नागरिकको अधिकार प्रयोग हुन पाउनुमा गर्व लाग्ने पनि सम्पुर्ण उपस्तिथि लाई अध्यक्ष कुँवरले बताउनु भयो । सो कार्यक्रममा संघ संघठन ,सामाजिक कार्यमा अहोरात्र खटिने र सामाजिक अभियन्ता,पत्रकार ,कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको विभिन्न जिल्लाबाट इछुक समाजसेवीको उपस्थिति रहेको थियो ।

  • २० माघ २०७७, मंगलवार २१:२० प्रकाशित

  • Nabintech