नेकपा ओली पक्षको काठमाडौँको नारायणहिटी संग्राहलय अगाडि बृहद जनसभा

  • नमस्ते कर्णाली

  • नेकपाको ओली समूहले शुुक्रबार नारायणहिटी अगाडि बृहतसभा आयोजना गरेको छ । पार्टी बागमती प्रदेश कमिटीले आयोजना गरेको सभा सुरु हुनुभन्दा अगाडि गौशाला, ज्ञानेश्वर, त्रिपुरेश्वर, नयाँ बानेश्वरलगायत स्थानबाट जुलुस निकालिएको थियो ।
    प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले जनताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैबाट तलमाथि हुने नदिने घोषणा गर्नुभएको छ ।
    इतिहासमै सवैभन्दा बढी जनता उतारेर काठमाडौंको नारायणहिटी दरवार संग्राहलय अगाडि आयोजित बिसाल जनसभा गरेको केपि वली पक्षको दाबी छ । सो कार्यक्रमा बोल्दै प्रधानमन्त्री ओलीले गणतन्त्रलाई तलमाथि गर्छु भन्ने सोच कसैले नराख्दा हुने घोषणा गर्नुभयो । संबिधानको दृढतापुर्वक कार्यान्वयन गर्दै ताजा जनादेशमार्फत मुलुकलाई समृद्धिको दिशातर्फ अगाडि बढाउने आफ्नो योजना सुनाउँदै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको नेकपा नै नेपालको मुल पार्टी रहेको ठोकुवा गर्नुभयो ।

    आफूले आधा शताब्दी राजतन्त्र विरुद्ध लडेको भन्दै प्रधानमन्त्री ओलीले आफूबाट राजतन्त्र पुनस्र्थापना असम्भव भएको प्रष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले अव देश चुनावतर्फ गएको पनि बताउनु भयो । ‘अव देश चुनावतर्फ गयो–गयो, अव चुनावले नै सवै कुराको फैसला गर्छ ।’
    सभामा बोल्दै प्रधानमन्त्री ओलीले आफूले अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरासहितो नक्सा प्रकाशन गरेपछि नै जसरी पनि सरकार र पार्टीबाट हटाउने षडयन्त्र सुरु भएको तथ्य खोल्नुभयो ।

    प्रधानमन्त्री ओलीले जनसभामा उपस्थितिले नेपालकै मुल पार्टी कुन हो भन्ने स्पष्ट जवाफ मिलेको घोषणा पनि गर्नुभयो । ‘अव पनि कुन पार्टी मुल पार्टी ? कुन पार्टी खास पार्टी ? कुन पार्टी सक्कली ? कुन पार्टी नक्कली भन्ने प्रश्न बाँकी रह्यो र ? इतिहासमै सवैभन्दा बढी उपस्थितिको यो जनसभाले फैसला गरेन र ? फैसला गर्यो, कुन पार्टी मुल पार्टी हो भन्ने टुंगो लाग्यो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यो पार्टी नै कम्युनिष्ट आन्दोलनको मुल पार्टी हो, कम्युनिष्ट आन्दोलनको मात्रै होइन, देशको मुल पार्टी हो, प्रमुख पार्टी हो, सवैभन्दा ठूलो पार्टी हो ।’ उहाँले देश बनाउने पार्टी पनि आफू नेतृत्वको पार्टी नै रहेको घोषणा गर्नुभयो ।

    तस्बिरहरूः

  • २३ माघ २०७७, शुक्रबार २१:३४ प्रकाशित

  • Nabintech