कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि उम्मेद्वारी टुङ्गो,

  • नमस्ते कर्णाली

  • बाँकेको जिल्लाको कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनको लागि यहि फागुन २७ गते गर्ने तयारी गरेको छ । साँझा समावेशी व्यवसायिक प्यालन र प्रजातान्त्रिक उद्योगी व्यवसायी प्यालनबाट निर्वाचन भिड्ने तयारीका साथ व्याबसाहिहरु लागी परेका छन । नेकपा समर्थक साँझा समावेशी व्यवसायिक प्यालनबाट अध्यक्ष पदका लागि विष्णु प्रसाद खनाल र नेपाली काँग्रेस समर्थक प्रजातान्त्रिक उद्योगी व्यवसायी प्यालनबाट लक्ष्मणराज पौडेललाई अध्यक्ष पदमा अगाडी सारेको छ । साँझा समावेशी व्यवसायिक प्यालनको वरिष्ट उपाध्यक्ष पदका लागी तेज प्रसाद अधिकारी, उद्योग तर्फको उपाध्यक्षका लागि कमल खड्का, वाणिज्य उपाध्यक्ष तर्फको पदका लागि बलराम देवकोटा, महासचिव पदका लागि नविन खड्का, उप महासचिव पदका लागि प्रर्रशुराम लामिछाने, कोषाध्यक्ष पदका लागि खेम घिमिरे, सहकोषाध्यक्ष पदका लागि भुपेन्द्र काफ्ले,  त्यसैगरी  सदस्यहरुमा पुण्य प्रसाद तिवारी, अर्जुन सुवेदी, बेदुराम घिमिरे, महेश खतिवडा, जगत रामदाम, गोपाल अधिकारी, ओम प्रकाश चापाचाई, गंगा भण्डारी, विकाश बुढाथोकी र केशव शाही रहेका छन् । साथै प्रजातान्त्रिक उद्योगी व्यवसायी प्यालनबाट अध्यक्ष पदका लागि लक्ष्मणराज पौडेल लाई अगाडी सारेको छ । उद्योग वाणिज्य संघको ९ औँ अधिवेशनका लागि प्रजातान्त्रिक उद्योगी व्यवसायी प्यानलबाट ३ वटा पदहरु बाँकी राखेर बाँकी सबै पदहरुको उम्मेदवारी टुङ्गो लगाएको छ । अध्यक्ष पदका लागी लक्ष्मण राज पौडेल, वरिष्ठ उपाध्यक्ष पदका लागि प्रदिप भट्टराई, उद्योग तर्फको उपाध्यक्क लागि चण्डी प्रसाद गैर, वाणिज्य तर्फको उपाध्यक्ष पदका लागि संगिता सुवेदी, महासचिव पदका लागि मात्रिका सापकोटा, उप– महासचिव पदका लागि दिपक बहादुर भण्डारी, कोषाध्यक्ष पदका लागि सिता कार्की, सह–कोषाध्यक्ष पदका लागि हरिशरण केसी, महिला सदस्य पदका लागि शर्मिला मल्ल, त्यसैगरी खुल्ला सदस्य पदका लागि राकेश विष्ट, भुमिराज कंडेल, तेज बहादुर अधिकारी, होम बहादुर रावत , यादव राज बस्याल, यज्ञ प्रसाद सुवेदी , दिपक वलीको उम्मेदवारी टुङ्गो लागेको जानकारी नमस्ते कर्णाली पत्रिका लाई जानकारी आएको छ । एशोसियट सदस्य तर्फ दिप नारायण श्रेष्ठ, विशिष्ट सदस्य भरत खत्री सर्वसहमतबाट उम्मेदवारी छनोट भएका छन् ।

  • ३० माघ २०७७, शुक्रबार १८:१९ प्रकाशित

  • Nabintech