छोरीको जन्म दिनमा बिमा उपहार

  • नमस्ते कर्णाली

  • कोहलपुरमा रहेको ओएसिस् मल्टिपल एजुकेशनल् इन्स्टीच्यूटका संचालक इन्द्रमनी ढुङ्गानाले आफ्नो छोरी शोभा ढुङ्गानाको जन्मदिनमा छोरीको ५० लाखको बिमा गरेर मनाएका छन् । पछिल्लो समयमा जन्मदिनलाई फरक फरक खालका कार्यक्रमहरु गर्दै जन्मदिन मनाउदै गरेकोमा ढुङ्गानाले छोरीको बिमा गरेर जन्म दिन मनाएका छन । बिहिबार कोहलपुरमा एउटा कार्यक्रमको आयोजना गरी जन्मदिन मनाएको इन्द्रमनी ढुङ्गानाले नमस्ते कर्णाली पत्रिकालाई बताए । साथै आफ्नो छोरी शोभा ढुङ्गानाको उज्वल भबिस्यको लागी जन्मदिनमा ५० लाखको बिमा गरेर मनाएका बताए । रिलाइवल नेपाल इन्सुरेन्स कम्पनीको २० वर्षे सुलभ जीवन बिमा गरेका हुन । आफ्नो बालबालिकाहरुको जन्मदिन विभिन्न भोजभतेर गरेर मनाउनु भन्दा सामाजिक कार्यमा होस वा दुखी गरिबलाई सहयोग गरेर होस छोराछोरीको भविष्यका लागि बिमा गरेर मनाउनु उत्तम रहेका बताए । सो जन्मदिनमा बाल जिवन बिमा गरेका इन्द्रमणी र उनकी छोरी शोभालाई रिलाइवल इन्सुरेन्सका शाखा प्रमुख सन्तोष आचार्य र मार्केटिङ्ग बिरेन्द्र बमले सम्मान समेत गरेका थिए । कार्यक्रममा बोल्दै शाखा प्रमुख आचार्यले यस्तो उदाहरसणिय कार्य अन्य बालबालिकाले पनि अनुसरण गर्नु पर्ने बताए । कार्यक्रमा बिभिन्न क्षेत्रका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

     

  • ७ फाल्गुन २०७७, शुक्रबार १७:०० प्रकाशित

  • Nabintech