गोेजुुरियो कराँते दो संघ द्धारा एड्भान्स ट्रेनिङ सेमिनार सम्पन्न

  • अशोक भण्डारी

  • “स्वास्थ्यका लागि खेलकुुद,राष्ट्रका लागी खेलकुुद” भन्ने मुुल नाराका साथ राष्ट्रिय गोेजुुरियो कराँते दो संघ नेपाल लुुम्बिनी प्रदेशको आयोजनामा बाँकेको कोहलपुुरमा २ दिने एड्भान्स ट्रेनिङ सेमिनार आज सम्पन्न भएको छ । कोहलपुुर ३ मदनचोकमा रहेको कोहलपुुर बागेश्वरी इ.मी स्कुुलमा सो उद्घाटन कार्यक्रम तथा समापन कार्यक्रम यज्ञराज जैशीको अध्यक्षतामा सम्पन्न भएको हो ।


    कार्यक्रममा सभापति यज्ञराज जैसि ,प्रमुख अतिथि राष्ट्रिय गोेजुुरियो कराँते दो संघ नेपालका अध्यक्ष तथा नेपालका लागी मारिससका तर्फबाट अबैतानिक वाणिज्य दुुत गणेश कार्की ,बिशिष्ट अतिथि राष्ट्रिय गोेजुुरियो कराँते दो संघ नेपालका महासचिब प्रकाश कुमार चन्द अतिथि केन्द्रिय सदस्य जनक बि.क,नन्दलाल थारु ,कुबेर खड्का ,तथा प्रदेश ५ का कोषाध्यक्ष दिपक चौधरी प्रदेश सदस्य पदम नारायण श्रेष्ठ लगाएत अतिथिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमा करिब २५० जना खेलाडीहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा खेलाडीहरुलाई भोलिका दिनहरुमा साँचै यो देशका लागी खेलका माध्यमबाट केहि गर्छु भन्ने उदेश्यका साथ लाग्नु पर्ने र बिश्व माझ चिनाउनुु पर्ने राष्ट्रिय गोेजुुरियो कराँते दो संघ नेपालका अध्यक्ष तथा नेपालका लागी मारिससका तर्फबाट अबैतानिक वाणिज्य दुुत गणेश कार्कीले बताउनुु भयो । साथै खेलमा म गर्न सक्छुु भन्ने अठोटका साथ खेललाई आत्मसाथ गर्नुु पर्ने बताउनुु भयो । पहिले पहिले हामी मिलेर खेल्ने र जित्ने भन्ने हुुन्थ्यो तर अब म खेल्छुु र मेडल जित्छुु भन्ने अठोटका साथ लाग्नुु पर्ने समेत कार्यक्रमा बताउनुु भयो । यस्तै सो कार्यक्रममा बिशिस्ट अतिथि राष्ट्रिय गोेजुुरियो कराँते दो संघ नेपालका महासचिब प्रकाश कुमार चन्दले करातेका माध्यमबाट यो राष्ट्रलाई चिनाउनका लागी आफुुहरु सधै लागी परेको साथै आफ्नो देशलाई खेलको माध्यमबाट चिनाउनुु पर्ने बताउनुु भयो । कोभिड १९ का कारण रोकिएको राष्ट्रिय ग्याम केहि दिनमै फाईन गर्ने तथा खेलाडीहरुको हक र हितकालागी जिबन बिमा गर्ने संघले निर्णय गरेको राष्ट्रिय गोेजुुरियो कराँते दो संघ नेपाल लुुम्बिनी प्रदेशका प्रमुुख तथा केन्द्रिय सचिवालय सदस्य रमेश कुमार डाँगीले नमस्ते कर्णाली पत्रिकालाई बताउनुु भयो ।

  • ८ फाल्गुन २०७७, शनिबार १९:०९ प्रकाशित

  • Nabintech